हामी सबैलाई सुन्दर देख्ने रहर हुन्छ तर, सुन्दरता हामीबाट नै सुरु हुन्छ । त्यसैले सुन्दर देखिनको लागि स्वस्थकर र पोषिलो आहारा र दैनिक व्यायामको आवश्यक हुन्छ । विशेषज्ञका अनुसार तपाईं के खानुहुन्छ त्यसले नै तपाईं कस्तो हुने निर्धारण गर्छ ।
टाउकाको अनगिन्ति कपालदेखि गोडाका नङसम्म खानाको प्रभाव रहेको हुन्छ । मेकअप बिनाको बाहिरी स्वरुपले तपाईंको स्वास्थ कुन अवस्थामा छ, त्यो बताइदिन्छ जसले तपाईंको जीवनशैली प्रतिबिम्बित गर्छ । डा.मनिष मोटानीका अनुसार, ‘सामान्य रुपमा हाम्रो शरीरले क्यालोरिक इन्टेक र क्यालोरिक एक्सपेन्डिचरको बीचमा समन्वय राख्छ ।
जब यो समन्वय टुट्छ, तब तौलमा कमी आउँछ । तर्सथ, कम तौल र बढी तौलको निर्धारण तपाईंको खानाले र शारिरिक गतिविधिको आधारमा हुन्छ । बढी तौल भएको मानिसमा फ्याट र कर्बोहाइड्रेटको मात्रा अत्यधिक हुन्छ, उनीहरुले ती उच्च मात्रामा रहेका फ्याट र कार्बोहाइड्रेटलाई उपयोग गर्नुपर्ने हुन्छ । तर्सथ, उनीहरुको खानामा फाइबर र प्रोटिनयुक्त खानाको प्रयोगबाट नै आफ्नो भोक मेटाउनु पर्ने हुन्छ ।’
तौल घटाउन र सुन्दर देख्नको लागि, मोटानी भन्छन्, फाइबरयुक्त खाना जस्तै फलफुल, साग-सब्जी, कारबोहाइड्रेटमा राजमा, चना, दालको प्रयोग गर्नुपर्दछ । यसका साथसाथै, खाना खाँदा राम्रोसंग चपाएर र ३-४ घण्टाको अन्तरालमा थोरै थोरै खाइरहनु पर्छ र एक दिनमा ८-१० ग्लास पानी पिउनु पर्छ ।
थुप्रै पोषक तत्व विशेष रुपमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्टहरुले तपाईंलाइ स्वस्थ र कलिलो छाला देखाउनमा मद्दत गर्छ ।
यहाँ केहि सुझाव दिइएको छ :
- चिया/कफिलाई ग्रिन टी अथवा बटर मिल्कसँग साट्नुहोस् ।
- बदाम र माछाको तेलमा पाइने भिटामिन ‘इ’ र ओमेगा-३ ले छालालाई नरम र कलिलो बनाउँछ ।
- एक दिनमा ८ देखि १० ग्लास पानी पिउनुहोस् ।
Post a Comment