news and more entertainment

टीभी र प्रेम जीवन

काठमाडौ, असार २८ - हामीले मन पराउने धेरैजसो टेली सिरियलमा कहीँ न कहीँ आपसमा वैमनस्य देखाइएको हुन्छ । तिनमा प्रेमका लागि कुनै ठाउँ हुँदैन । परिणामतः दर्शकहरूमा प्रेमप्रति रूखो धारणा उत्पन्न हुन थाल्छ ।'साइकोलोजी अफ पपुलर मिडिया कल्चर' मा प्रकाशित अध्ययन अनुसार, त्यस्ता सिरियल नियमित रूपमा हेर्ने व्यक्तिहरूमा आफ्ना पार्टनर र स्थायी प्रेमप्रति विश्वास समयसँगै कम हुँदै जान्छ ।  
यो अध्ययनको उद्देश्य टेलिभिजनले कुनै व्यक्तिको विश्वास प्रणालीमा असर गर्छ कि गर्दैन भन्ने परीक्षण गर्नु थियो । धेरैजसो टीभी सिरियलमा प्रेमलाई त्रुटिपूर्ण विषयका रूपमा देखाउने गरिन्छ र यस्ता सिरियलमा प्रस्तुत गरिएका सम्बन्धहरू धेरै दिनसम्म टिक्न सकेका हुँदैन । दर्शकहरूमा यसैको छाप पर्दै जान्छ र उनीहरू प्रेमप्रति गलत धारणा बनाउन थाल्छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget