२९ असार, रौतहट । रौतहटकी एक महिलाले हेटौंडा अस्पतालमा जन्माएको बच्चामा जन्मजात दुईवटा दाँत पलाएको पाइएको छ। बच्चा जन्माउन हेटौंडा अस्पताल आएकी २४ वर्षीया इफत बेगमले शल्यक्रियापछि जन्म दिएको छोराको मुखको अगाडि तल्लो भागमा दुईवटा दाँत देखिएको हो ।जन्मजात विभिन्न रोगको संक्रमण सम्भावनाका कारण शिशुमा यस्तो देखिने भए पनि उक्त शिशुमा कुनै प्रकारको अस्वस्थता नदेखिएको हेटौंडा अस्पतालका डा. हरिबहादुर खड्काले बताए ।
आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।रौतहटमा गर्भवती परीक्षण गराउँदा शिशु उल्टो छ भनिएपछि उपचारसहित बच्चा जन्माउन आफू हेटौंडा अस्पताल आएको बेगमले बताइन् । उनी करिब २० दिनअघि हेटौंडा–५ सानोपोखरास्थित सानीआमाको घरमा बस्दै आएकी थिइन्। उनले शुक्रबार दिउँसो करिब साढे १ बजे छोरा जन्माएकी हुन् ।
करिब दुई हजार शिशुमध्ये एक जनामा यस्तो देखिने गरेको बताउँदै डा. खड्काले शिशुलाई श्वासप्रश्वासमा कठिनाइ, दूध चुस्न गाह्रो हुने र दूध चुस्दा आमाको स्तनमा घाउ हुने जस्तो समस्या देखिन सक्ने बताए ।
.png)
Post a Comment