news and more entertainment

सुरजको अँगालोमा बेरिदै सहानाको पत्रकारलाई धम्की...

काठमाडौं,२९ साउन । कलियुगमा बाँच्नु मात्र पर्छ के के सुनिन्छ र देखिन्छ । यसको चरितार्थ गरिरहेका छन् कान्तिपुर टेलिभिजनका पूर्व भिजेद्धय सहाना बज्रचार्य र सुरज गिरीले । 


केही दिन अघि एका विहानै निजी गाडिमा आपत्तिजनक अवस्थामा प्रहरीले चितवनबाट रंगेहात पक्राउ परेको खबर सार्वजनिक भएपछि यो जोडी अहिले चर्चामा छ । लोकलाजले गर्दा दुवै जनाले कान्तिपुर टिभिको हुदा खाँदाको जागिर पनि छोड्नुपरेको छ ।

तर अहिले फेरि यो जोडी आफैंले यो विषयलाई उचालेर गरमगरम बनाउँन मलजल गरिरहेका छन् । मंगलवार संयुक्त विज्ञप्ति नै जारी गर्दै दुवै जनाले समाचारमा आए जसरी आफूहरुले जवानीको जोशको दुरुपयोग नगरेको जिकिर गरेका थिए । त्यसपछि अझ उचाइ पाएको यो प्रकरणलाई थप मलजल गर्दै सहानाले आज बुधवार आफ्नो फेसबुक मार्फत यस प्रकरणमा संलग्न सबैलाई नछोड्ने धम्की दिएकी छिन् ।

सुरजको अँगालोमा बाँधिरहेको तस्वीरसँगै उनले अँग्रेजीमा लेखिकी छिन्–हामीले न्याय पाउँनेछौं । यसमा संलग्न दोषी सबैलाई कानूनको कठघरामा तान्नेछौं ।

यो घट्ना र विवादलाई कसरी हुन्छ सेफ ल्यान्डिङ दिनुपर्नेमा सहना र सुरज दुवै जनाले झन् उचालिरहनुको कारण के होला ? शायद उनीहरुलाई मात्र थाहा होला ।

स्मरण रहोस् मल फङ्सनको विवादमा पत्रकारहरुलाई दोष दिएकी अर्की नायिका प्रियांका कार्कीले केही समय अघि मात्र पत्रकारहरुसँग माफी माग्नुपरेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget