काठमाण्डु, २८ साउन– गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएपछि उनकी प्रेमिका खुश्बु ओलीले बाराम्बार नाम लिइरहेकी छन्, प्रहरी निरीक्षक कुमुद ढुंगेलको ।
खुश्बुले आफूलाई ढुंगेलले मन पराए पनि चरीसँग विवाह पक्का गरेका कारण उनले प्रतिशोधमा आएर चरीको हत्या गरेको आरोप लगाउँदै आएकी छन् । खुश्बुले सार्वजनिक सञ्चार माध्यममा लगाएका आरोप ढुंगेलले अस्वीकार गरेका छन् ।
खुश्बुले आफूलाई ढुंगेलले मन पराए पनि चरीसँग विवाह पक्का गरेका कारण उनले प्रतिशोधमा आएर चरीको हत्या गरेको आरोप लगाउँदै आएकी छन् । खुश्बुले सार्वजनिक सञ्चार माध्यममा लगाएका आरोप ढुंगेलले अस्वीकार गरेका छन् ।
उनले आफूले खुश्बुलाई कहिल्यै प्रेम प्रस्ताव नराखेको र चरी प्रकरणसँग खुश्बुको कुनै कारण नजोडिएको बताएका छन् । ढुंगेलले हनुमानढोकामा आफूले नाम चलेका गुण्डा नाइकेहरु रमेश बाहुन, शुक्रे लामा र अभिशेष गिरीजस्तालाई नियन्त्रणमा लिएपछि आतंकित भएको चरीले खुश्बुसँग ‘मलाईले कुमुदले सिध्याउँछ’ भनेको र त्यसैका आधारमा उनले आफूमाथि अरोप लगाउने गरेको प्रहरीहरु सामु बताउने गरेका छन् ।
उनका एक सहकर्मीका अनुसार ढुंगेलले खुश्बुलाई प्रेम प्रस्ताव राखेको प्रमाणित भए आफूलाई सार्वजनिक स्थानमा झुण्ड्याएर नुनचुक छर्न चुनौती दिने गरेका छन् । ‘ममाथि लागेको आरोप खुश्बु ओली र मिडियाले पुष्टि गरेर देखाओस्’, ढुंगेलको भनाइ उद्धृत गर्दै उनले भने, ‘म सार्वजनिक स्थानमा झुण्डिन तयार छु, मेरो शरीरमा नुनचुक छरियोस् ।’
उपत्यकामा संगठित गुण्डागर्दीविरुद्ध गरेको कारबाहीबाट आतंकित भएर आफ्नो मनोबल गिराउन त्यस्तो हल्ला फिंजाइएको उनको भनाइ छ ।
ढुंगेलले आफूमाथि लागेको आरोप एक दिन असत्य प्रमाणित हुने र त्यसबाट पुग्न गएको क्षतिपूर्ति खुश्बुले दिनुपर्ने बताउने गरेको महानगरीय प्रहरी परिसर काठमाण्डुमा एक निरीक्षकले बताए ।
ढुंगेलले आफूले खुश्बुसँग प्रेम गर्न नपाएको झोकमा चरीको हत्या गर्ने योजना बनाएको प्रमाण भए राष्ट्रिय मानवअधिकार आयोग, प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालय जतासुकै उजुरी दिए प्नि आफू प्रतिवाद गर्न तयार रहेको उनको भनाइ छ ।
ढुंगेलले चरीको गिरफ्तारी र हत्यामा आफ्नो संलग्नतासमेत अस्वीकार गरेका छन् । खुश्बुले भने बारम्बार कुमुदको गोलीबाट आफ्नो प्रेमीको ज्यान गएको आरोप लगाउँदै आएकी छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment