भुत न भबिष्य कोहिनर फिल्मले ब्यापारिक हिसावमा नयाँ ईतिहास कायम गरेको छ । पुराना सम्पूर्ण रेकर्ड तोड्दै कोहिनूरले बिहानै देखि देशभरिका हलमा आक्रमक बिजनेस गरेको हो । टिकट नपाएर दर्शक खाली हात फर्किएको स्थिती पनि छ । चार बर्षदेखि हाउस फूल हुन नसकेको काठमाण्डू कालोपुल स्थित हिरारत्न हलको बिहानीको शो पनि हाउसफुल भएको छ । मल्टीप्लेक्स तर्फ क्यूएफएक्स कुमारी सहित सिभिल मलमा सम्पूर्ण शो सोल्ड आउट भएका छन् । ‘यो मेरो १५ बर्षे फिल्मी करिअरकै पहिलो अनुभव हो ।’ राजधानी वितरण हेरिरहेका वितरक सुनील मानन्धरले बताएका छन् ।
उता मोफसल वितरण हेरिरहेको एफ.डी कम्पनीले पनि कोहिनूरको ब्यापारलाई ईतिहासमै पहिलो पटक भनेको छ । फिल्मले हेटौडाको सुविधा सम्पन्न हल ओम्याक्समा अ जय देवगणको फिल्म सिघंम रिर्टनस् लाई रिप्लेस गरिदिएको छ । हेटौडाका हलमा दर्शक उर्लिएको दृश्य झण्डै २० बर्ष पछि हो कि भन्ने समीक्षा भएको छ । मेजर स्टेशनहरु पोखरा, बुटवल, धरान, नारायणगढमा हलको क्षमता भन्दा बढी दर्शक उपस्थित भएको रिपोर्ट आएको छ । काठमाण्डूको गोपीकृष्ण हलमा न्यूज फिल्मी पुग्दा टिकट ब्ल्याकमा समेत विक्रि भईरहेको दृश्य देखियो । विशेष गरी बालबालिका र महिला दर्शक हलभरी देखिएका छन् । काठमाण्डूका धेरै हलमा हिन्दी फिल्म सिघंम रिर्टनस्को शो स्थगित हुने सम्भावना देखिएको छ ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मानमा दर्शकले हलमा उपस्थिती देखाईरहेका छन् । आठ दिनमा कोहिनूरले २ करोड ४४ लाखको ग्रस ब्यापार गरेको छ । आजको हिसाव आईसक्दा फिल्मले ३ करोडको ग्रस कारोवार आरामले गर्नेछ । यस्तै गोपीकृष्ण हलमा भेटिएका कोहिनूरका निर्देशक आकाश अधिकारीले श्रीको सम्मानमा दर्शकले देखाएको मायाको ऋण कहिलै तिर्न नसकिने प्रक्रिया दिएका छन् ।
Post a Comment