news and more entertainment

कस्तो थियो स्वेताको ३१ दिने वैवाहिक जीवन कथा ?

(‘कहिले पनि सुखको कमी थिएन, जे चाहन्थे त्यहि पुरा हुन्थ्यो’ हो यी शब्द विवाह हुन अगाडी विजनेस संसार डटकमले लिएको अन्तरर्वातामा स्वेताले भनेकी थिइन) । निकै खुशी मुहारमा उनले  सो अन्तरर्वार्ता दिइरहेकी थिइन । अन्तरर्वार्ता लिएको १० दिन पछि उनी नेपाली सिनेनगरीका चर्चित नायक श्रीकृष्ण श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिन पुगिन । असार २३ गते वैवाहिक जीवनमा बाँधिएका उनीहरुको जीवन हामीहरुले सोचेका भन्दा पनि निकै खुसी थियो । नायक श्रीकृष्ण श्रेष्ठले पहिलो पटक लगानी गरेको चलचित्र ‘कहाँ भेटिएला’ बाट नजिक बनेका उनीहरु सो चलचित्रले ५१ दिन मनाउन सफल भएपछि आम दर्शकले उनीहरुको साच्चै विवाह भए हुन्थ्यो भन्ने सोंचेका थिए । काठमाडौंमा जन्मिएर काठमाडौंमै उच्च शिक्षा हासिल गरेकी  नायिका स्वेता एक सफल ब्यवसायिक युवति पनि हुन । उनले नेपालका केहि चर्चित कम्पनी सम्हाल्दै आइरहेकी छिन् । सानैदेखि निकै तृष्ण दिमाख कि स्वेता चलचित्र क्षेत्रमा लाग्ने भन्ने कल्पना पनि नगरेको उनले अन्तरर्वार्तामा बताएकी थिइन । आम दर्शक र परिवारबाट पनि विवाह हुनुपर्छ भन्ने कुरा चलेपछि विवाह बन्धनमा बाँधिएको बताउने उनीहरु अन्ततः असार २३ गते विवाह बन्धनमा बाँधिए । असार २३ गते विवाह बन्धनमा बाँधिएपछि हनिमुन मनाउन ती जोडी भारतको सिम्ला पुगे । हनिमुन मनाउन जानुअघि उनीहरुले आफूहरुले २ वर्ष सम्म बच्चा जन्माउने योजनामा नरहेका बताएका थिए । हनिमुन मनाउन भारत पुगेको अवस्थामा श्रीकृष्ण विरामी परेपछि भारतकै एपोलो अस्पतालमा भर्ना भएका उनलाई फोक्सोमा पानी जमेका कारण अस्पताल भर्ना गरिएको बताउदै आइएको थियो । तर उनलाई बोन क्यान्सर भइसकेको थियो । विवाह भएको ३१ दिनमा नै श्रीकृष्णले यो संसार छाडे । सबैलाई रुवाएर गए । शनिबार विहान श्रीले संसार छाड्नुअघि सम्म भनेका थिए, यदि म मरे भने मेरो लास नेपाल नलैजानु, मेरा दर्शकलाई पीडा हुन्छ । अन्तिम श्वास फेर्दा समेत दर्शक दर्शक भन्दै थिए । श्रीले विवाह भएको ३१ दिनमा नै आफ्नी नवविवाहित दुलही स्वेता खड्कासगै सबैलाई निकै नमज्जाले रुवाएर गए, अब कहिले नफर्कने गरी । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget