साउन ३१, काठमाडौं । गत साउन २१ गते प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीको पोस्ट्मार्टम गरिएको छ ।
आज महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतलमा उनको पोस्ट्मार्टम गरिएको हो । चरीको शव परिवारले बुझ्न नमानेपछि शिक्षण अस्पतालमा राखिएको थियो। परिवारसँगको परामर्श र सहमतिमा शनिबार पोस्टमार्टम गरिएको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।
गैरन्यायिक हत्या भएको भन्दै किटानी जाहेरी दर्ता गर्न आदेश मागसहित मृतकका दाजु ध्रुव अधिकारीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दिएपछि उनैले आफ्नो भाइको पोष्टमार्टमको लागि स्वीकृति दिएका हुन् । उनले पोष्ट मार्टम गर्न स्वीकृति दिएपनि लास भने नबुझ्ने बताएका छन् ।
Post a Comment