news and more entertainment

विवाह पछि तनाबमा हुनुहुन्छ ? त्यसो हो भने यसो गर्नुहोस :

विवाहको अनुभव प्रत्येक व्यक्तिका लागि जीवनमा परिवर्तनको अनुभव गर्नु हो । एक्लो जीवनबाट युगल जोडिमा बाँधिनुपर्दा थुप्रै महिला–पुरुषहरुलाई निकै कठिन हुने गर्दछ । तपाईंलाई यस्ता कुराहरु थाहा पनि नहुन सक्छ कि जुन कुराहरु तपाईंलाई नराम्रो लाग्ने गर्दछ, त्यहि कुरा तपाईंकी श्रीमतीलाई पनि नराम्रो नै लाग्नुपर्छ भन्ने हुँदैन । त्यसकारण आफ्नो नयाँ प्रेमलाई निरुत्साहित हुनबाट बचाउनका लागि तपाईंले अब आफू एक्लै बस्ने भन्ने कुरालाई बिर्सिदिए हुन्छ । यहाँ यस्ता बानीहरु दिइएका छन् जसलाई तपाईंले श्रीमान बन्नुभन्दा पहिले बिचार गर्नुपर्ने हुन्छ ।



१. साँचो र मोजाहरुलाई याद राख्नुः प्रत्येक महिला आफ्ना श्रीमान् जिम्मेवार होस् भन्ने चाहन्छिन् । त्यसकारण आफ्नो मूलभूत कुराहरुलाई याद गर्नुहोस् । प्रत्येक सानो–सानो कुरामा आफ्नी श्रीमतीलाई बोलाउनुको साटो आफ्नो मोजा, साँचो, पर्स, घडिहरुलाई ध्यानमा राख्नुहोस् । यदि तपाईं यी साना कुराहरुप्रति जिम्मेवार हुनुभयो भने तपाईंकी श्रीमतीले तपाईंको पक्कै पनि तारिफ गर्नेछिन् ।

२. स्पोर्टस् र भिडियो गेममा रमाइरहनुः अफिसबाट फर्किसकेपछि यदि तपाईं टिभि अथवा गेमहरु खेल्नमा व्यस्त हुने गर्नुहुन्छ भने यस्तो बानी तत्काल छोड्नुहोस् । अब तपाईंले एक श्रीमानको हैसियतले बेडरुमको गेमहरुको बारेमा सोच्न जरुरी छ । यदि तपाईं आफ्नो टिभिसँग रात बिताउन चाहनुहुन्न भने आफ्नी श्रीमतीलाई ध्यान दिनुहोस् ।

३. साथीहरुसँग धेरै समय बिताउनेः कहिलेकाँही साथीहरुसँग घुम्न निस्कनु हुन्छ भने तपाईंकी श्रीमतीलाई यसमा केहि नराम्रो लाग्दैन । तर यदि तपाईंका साथीहरुले तपाईंको खाली समयको अधिकांस हिस्सा लिने गर्दछन् भने यसले तपाईंकी श्रीमतीलाई तनावमा पारिदिन्छ । त्यसकारण विवाह गरिसकेपछि साथीसँग भेट्ने समयलाई कटौती गर्नुहोस् ।

४. घरभरि सामान फैलाउन बन्द गर्नुहोस्ः विवाह गरिसकेपछि खाटमाथि चिसो रुमाल राख्न, ड्रेसिङ टेबलमाथि मैलो टिसर्ट राख्न बन्द गर्नुहोस् । आफ्नो बेडरुमलाई दराजको रुपमा प्रयोग गर्न पनि बन्द गर्नुहोस् । श्रीमतीसँगै काम गरेर आफ्ना सामानहरु यथास्थानमा राख्न सिक्नुहोस् । धेरैजसो महिलालाई फोहोर देख्दा रिस उठ्ने हुन्छ त्यसकारण आफ्नो यस्तो बानीलाई बेलैमा सुधार गर्नुहोस् ।

५. तपाईंको घर रेष्टुरेन्छ होइनः तपाईंकी श्रीमती तपाईंको घरको कुक वा वेटर होइनन् । उनी दिनभरीको काम गर्न र तपाईंलाई खाना टक्राउनको लागि आएकी पनि होइनन् । त्यसकारण उठ्नुहोस् र उनलाई मद्दत गर्नुहोस् । यसका साथसाथै यदि तपाईंमा ओछ्यानमा बसेर बियर पिउन र खानेकुराहरु खाने बानी छ भने त्यस्तो बानीलाई छोड्नुहोस् । जुन ओछ्यानमा तपाईं आफ्नी श्रीमतीसँग सुत्नुहुन्छ, त्यसमा बसेर खाँदा उनलाई पक्कै पनि राम्रो लाग्दैन ।

६. सधैँ केटाहरुजस्तै कुरा गर्नुः समयसँगै तपाईंकी श्रीमती तपाईंको राम्रो साथी पनि बन्ने गर्दछिन् । तर सधैँ उनीसँग केटाहरुको जस्तै कुरा गर्दा राम्रो हुँदैन । आफ्नो प्रिय खेल, भर्खरै भएको म्याच, शेयर मार्केट अथवा र्याम्बोको कुरा गर्न कम गर्नुहोस् । यदि तपाईंकी श्रीमतीलाई यस्तो विषयमा कुरा गर्न मनलाग्दैन भने यसले व्यर्थमा मुडमात्र खराब गर्ने गर्दछ ।

७. अर्की महिलालाई हेर्नुः यो तपाईंको लागि निकै खतरनाक साबित हुने गर्दछ । तपाईं नजिकबाट हिँडिरहेकी महिलाको सुन्दरताको तारिफ गर्नुहुन्छ भने यस्तो कुरा तपाईंकी श्रीमतीलाई राम्रो लाग्दैन । तपाईंको जिन्दगीमा अब महिला आइसकेको यथार्थलाई स्विकार गर्नुहोस् । त्यसकारण दोस्रो महिलालाई हेर्ने तपाईंको इच्छालाई नियन्त्रणमा राख्नुहोस् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget