यौनलाई अनुभूतिको हिस्सा त्यसै भनिएको होइन । कारणः यो विषय मान्छेको संवेग
र संवेदनास“ग जोडिएको हुन्छ । त्यसैले पनि यौन उत्तेजना सबैभन्दा पहिला
मान्छेको मस्तिष्कले अनुभव गर्छ । यस्तो अनुभवपछि सवै नशामा रगत छिटोछिटो
बढ्छ । यही कारणले उत्तेजित अवस्थामा अनुहार पनि रातो देखिन्छ । महिलामा
नाक, कान, आँखा, स्तन र योनीको भित्ता फुल्न थाल्छ । मुटुको धड्कन बढ्छ ।
योनिद्वारको बारथोलिन ग्रन्थीबाट तरल पदार्थ निस्कन शुरु गर्छ ।
चिकित्सकका अनुसार, लिंग योनीको भित्री भागमा नपुग्दासम्म महिलामलाई चरम
आनन्द महसुस हुँदैन । यौन उत्तेजनाको समयमा महिलाको योनीको भित्री भाग र
मलद्वार आसपासको मांशपेशी फुल्ने र सुक्ने गर्न थाल्छ ।
सम्भोगमा
हरेक महिलालाई एकै प्रकारले चरम आनन्द मिल्छ भन्ने हुँदैन । हरेक महिलाको
अंगले फरकफरक प्रकारको अनुभव लिन सक्छ । केही महिलामा सम्भोगको वेला एकपटक
गर्भाशयको ढोका खुलेको र बन्द भएको अनुभव हुन सक्छ । यस्तो अवस्थामा
महिलाको मुखवाट आवाज पनि आउन सक्छ । केही महिलामा सम्भोगको समयमा योनी,
मलद्वार र नाइटोदेखि खुट्टासम्म तरंग आएको अनुभव हुन्छ । त्यसले पनि
महिलामा चरम आनन्द प्राप्त हुन्छ ।
कतिपय महिलालाई सम्भोगका वेला योनीभित्र बेलुन फुटेको जस्तो अनुभव हुन्छ ।
यो योनीभित्र तीव्र हलचलको संकेत हो । यसले महिलालाई चरम आनन्द मिल्छ ।
चिकित्सक हरिनारायण गुप्ताका अनुसार, पुरुषलाई वीर्यपतन र महिलालाई घर्षणको
समयमा चरम आनन्द प्राप्त हुन्छ । खुला मन र शान्त मुद्रामा सम्भोग गरे जो
कोहीलाई पनि चरम आनन्द प्राप्त हुनसक्छ । लिंगको मोटाई वा लम्बाईले यौन
आनन्दमा प्रभाव पार्दैन । यौन कार्यमा महिला र पुरुषको निर्लिप्तताले नै
संभोगमा आउने आनन्दको मानक तय गर्छ ।
धेरै मान्छेले सम्भोगको समय सीमाबारे पनि चिन्ता व्यक्त गरेको सुनिन्छ । तर
समय र सम्भोगको आनन्दको खास तादात्म्य हँुदैन । छोटो समयमा वीर्य स्खलन
हुनुलाई आनन्द प्राप्त नभएको भन्न मिल्दैन । सम्भोगकालागि २ देखि ५ मिनेटको
समय नै काफी हुन्छ । समय लम्ब्याउनकैलागि केही मानिसले मदिरा सेवन गरेर
यौन सम्पर्क गरे पनि स्वास्थ्य र यौनजीवनका हिसावले यो काम राम्रो मानिदैन ।
Post a Comment