news and more entertainment

कतारमा बालिका छोएको भन्दै नेपाली परे जेल

असार ३०,कतार । बालिकालाई छोएको अभियोगमा रोल्पाका झक्कुप्रसाद ओलीलाई कतारको तल्लो अदालतले तीन वर्षको सजाय सुनाएको छ ।

कतारकी साउदीय हाइपरमार्केटमा सेल्सम्यानको काम गर्दै आएका पाखापनी ९, रोल्पाका ३० वर्षीय ओलीलाई बालिका छोएको अभियोगमाथि सुनुवाइ गर्दै जुन २१ मा अदालतले तीन वर्षको सजाय सुनाएको हो ।

गत मार्च १६ मा साढे तीन बजे मार्केटको काम गर्ने क्रममा उनलाई प्रहरीले उक्त भभियोगमा पक्राउ गरेको थियो । ओलीले आफूले बालिकालाई नछोएको भन्दै माथिल्लो अदालतमा अपिल गरेका छन् ।

‘म निर्दोष छु । मैले बालिकालाई छोएको छैन,’ उनले भने, ‘अलालतको फैसालाप्रति मेरो चित्त बुझेको छैन । न्यायका लागि पुनरावेदनमा अपिल गरेको छु ।’ उनले हापरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर लागेको बताए ।

‘अन्दाजी ९ वर्षकी बालिका मेरो पछाडि उनकी आमासँगै थिइन् । आमाले पहिला तेल मागिन् । त्यो दिएँ । त्यपछि बेसार मागिन्,’ उनले भने, ‘माथिको र्यालकमा राखिएको बेसार झिक्न खोज्दा खसेर बालिकालाई कम्मरमुनी लाग्यो ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget