news and more entertainment

आमिर खानले नेपाल आउनुको कारण बल्ल खोले !!

aamir-khan
बलिउडका सुपरस्टार नायक आमिर खान यतिबेला नेपालमा छन् । उनी यूनिसेफको पोषण कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । कपिलवस्तुको पकडी हेल्थपोष्टमा उनले आधा घन्टा अवलोकन गर्नुको साथै स्थानिय आमा समुहलाई पनि भेट गरेका छन् ।
आमिरले उक्त अवसरमा बोल्दै कुपोषणबाट भारतलाई बचाउन आफूहरुले अभियान संचालन गरेको बताउँदै भने-‘नेपालमा पनि बालबालिका कुपोषणको शिकार भएका छन् । यसबारेमा जनचेतना जगाउँन म नेपाल आएको हुँ ।’
आमिरले २५ बर्षदेखि आफूलाई आफ्ना शुभचिन्तकहरुले दिएको मायाका कारण समाजसेवामा लाग्ने प्रेरित गरेको बताए । उनी यतिबेला कपिलवस्तुको होक्के होटलमा विश्राम गरिरहेका छन् । आमिरले मायादेवि मन्दिरको अवलोकन गरेर काठमाण्डौ र्फकने कार्यक्रम छ ।
स्थानिय बासिन्दाहरुले कपिलवस्तुको विकास नभएको भन्दै आमिरलाई आफ्नो चर्चित कार्यक्रम ‘सत्यमेव जयते’को छायांकन नेपालमा आएर गर्न आग्रह गरेको हाम्रा संवाददाता सलमान खानले बताएका छन् । स्थानियको आग्रहलाई सहर्ष स्विकार गर्दै आमिरले पहल गर्ने जनाएका छन् ।
आमिरलाई हेर्नका लागि हजारौ सर्वसाधरण भेला भएका छन् । उनको सुरक्षा निक्कै कडा गरिएको छ । पत्रकारहरुलाई पनि आमिरको नजिक जान दिइएको छैन । उनी हिजो नेपाल आएका हुन् ।aamir-khan-herne-darsak aamir-khan-in-kapilbastu
तस्बिर : सलमान खान

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget