news and more entertainment

अन्तत: बिहे गर्ने भए स्वेता र श्रीकृष्णले

 
shree-krishan-and-sweta-piyano-bajaudai
बिजय अावाज
नायक श्रीकृष्ण श्रेष्ठले पर्दाकै हिट जोडी नायिका स्वेता खड्कालाई जीवनसाथी बनाउने भएका छन् ।
चलचित्र ‘कहाँ भेटिएला’मा एक साथ देखिएपछि दर्शकले श्रीकृष्ण र स्वेताको जोडी वास्तविक जीवनमा पनि सुहाएको बताएका थिए । दर्शकले त्यतिबेला नै श्रीकृष्ण र स्वेताको जोडी स्वीकार गरेका थिए ।
नायक राजेश हमालले बिहे नगरी आफू पनि नगर्ने भन्दै बसेका श्रीकृष्णले हमालले विवाह गरेको एक सातापछि  नै आफूले पनि बिहे गर्ने निर्णय लिएका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै नायक श्रीकृष्ण श्रेष्ठले आफूले नायिका स्वेता खड्कासँग बिहे गर्न लागेको बताए । ‘हो हामी बिहे गर्ने निर्णयमा पुगेका छौं, यो निक्कै सोंचेर गरिएको निर्णय हो’-श्रीकृष्णले भने ।
लामो समयदेखि एकसाथ काम गरेको, व्यापार पनि साथमै गरेकाले बिहे गर्ने निर्णयमा पुगेको उनले जानकारी दिए ।  यसै बर्षभित्र हुन लागेको बिबाह सामान्यरूपमा सम्पन्न गर्ने उनको योजना छ ।
श्रीकृष्ण र स्वेताको बिहे उनीहरुको नयाँ चलचित्र ‘कोहिनुर’ प्रदर्शनको आसपासमा हुने छ । सिनेमालाई पनि फाइदा पुग्ने र प्रचार पनि दरिलो हुने भएकाले पनि यो जोडी ‘कोहिनुर’ प्रर्दशन मिति साउन २३ को छेकोमा बिहे गर्ने अनुमान गरिएको छ ।
पाको उमेरसम्म बिबाह नगरी एकल जीवन बिताइरहेका नेपाली कलाकारहले धमाधम बिबाह गर्न थालेका छन् ।  कलाकार मिथिला शर्माले ५० बर्षको उमेरमा ७४ बर्पिय पूर्व प्रहरी महानिरीक्षकसँग बिबाह बिहे गर्ने तयारी गरिरहेकी छन्। नायक राजेश हमालले पनि ५० बर्ष कटेपछि नै बिहे गरे । यस्तै कलाकार तथा निर्देशक अनुप बराल र दिया मास्के पनि असार २३ गते बिहे गर्दैछन् । नायक आर्यन सिग्देलले पनि यसै बर्ष बिहे गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget