गड्यौला पालनमा लागेका छन् । शिक्षण पेसाबाट अवकाश पाएसँगै उनले ०६८ बाट घरमै व्यावसायिक गड्यौला पालन सुरु गरे । उनले १० हजार लगानीमा ५ सय गड्यौला बाट सुरु गरेका हुन् । यो अवधिमा उनले ५१
हजार गड्यौला बिक्री गरे । त्यस्तै ४२ हजार आम्दानीसमेत गरे । 'मलका लागि गड्यौला पालन गरेको हुँ,' उनले भने, 'यो पालन गाउँमा विस्तार हुने क्रममा छ ।' गाउँलेले समेत मन पराएको उनले बताए ।
उनका अनुसार गड्यौला ७ थरीका हुन्छन् । उनले पालेको गड्यौला भने 'आइसिनिया फोइटिडा' नामको हो । पाँचथरीका गड्यौला माटो खुकुलो पार्ने हुन्छन् । यो जातको गड्यौला ले ९० प्रतिशत प्राङ्गारिक वस्तु खाने र बाँकी १० प्रतिशत मात्र माटो खान्छ । यसको लम्बाइ ६ सेन्टिमिटर लामो र माटोमा २ इन्चभन्दा तल जाँदैन ।
'मैले गड्यौला पाल्नुको मुख्य उद्देश्य प्राङ्गारिक मल उत्पादन गरी रासायनिक मलको प्रयोग बन्द गर्नु हो,' घिमिरेले भने, 'त्यसैले अहिले उत्पादन गरेको मल आफ्नै खेतबारीमा प्रयोग गरी अन्न उत्पादन बढाउने काम गरेको छु ।'
उनको १६ कठ्ठा खेतमा धान हुन्छ । प्राङ्गारिक मल प्रयोग नगर्दा १ कठ्ठामा २ मुरीसम्म धान हुन्थ्यो । अहिले बढेर ३ देखि ४ मुरीसम्म हुन्छ । त्यस्तै तरकारी राम्रो फल्ने र फूल पनि सपि्रएको उनी बताउँछन् । अहिले गाउँमा गड्यौला पालन विस्तार हँुदै गएको छ । शीतल प्राङ्गारिक तरकारी तथा गड्यौला मल उत्पादन कृषक समूह गठन गरी यसको पालन थालिएको हो ।
गाविस र समूहमा आवद्ध गाउँलेहरूबाट रकम उठाएर छुट्टै भवन निर्माण गरी गड्यौला पालन गरिएको छ । समूहमा १५ हजार गड्यौला छन् । मल बनाउन राखिएको छ । जति धेरै गड्यौला भयो त्यति चाँडै मल तयार हुन्छ । थोरै गड्यौला भएकाले मल तयार हुन पाँच महिना लाग्नेछ ।
उक्त मल समूहमा आवद्ध किसानले प्रयोग गर्ने र बिक्रीसमेत गरिनेछ ।
गाउंँलेले समेत गड्यौला को व्यावसायिक पालन थालेका छन् । गाउँकै योगनाथ घिमिरेले प्ानि ५ सयबाट गड्यौला पालन सुरु गरे । अहिले २५ हजार पुर्याएका छन् । ' गड्यौला बाट बनाएको मल अन्न्ा उब्जाउनका लागि धेरै नै राम्रो हुने रैछ,' उनले भने, 'त्यसैले ५ हजार लगानीमा यसको पालन सुरु गरेको हो । सोचे भन्दा राम्रो भएको छ ।' बजारमा प्राङ्गारिक मलको मूल्य २५ रुपैयाँ किलो छ । त्यस्तै एउटा गड्यौला को मूल्य १ रुपैयाँ छ । गड्यौला लाई छुट्टै आहारा चाहिन्छ ।
यसलाई आलो गोबरलाई जम्मा गरेर चिसो बनाउने, पातलाई समेत थुप्रो बनाएर चिसो बनाइदिनुपर्छ । त्यस्तै मकैको भुत्ला, कागजलाई समेत चिसो बनाएर दिँदा हुन्छ । यो गाउँमा झन्डै आधा दर्जन किसानले गड्यौला पालेर प्राङ्गारिक मल उत्पादन गरिरहेका छन् । गड्यौला पालनका बारेमा जानकारी लिन डोटी, अछाम, गुल्मीबाट समेत कृषि भ्रमणको रूपमा किसानहरू आउने गरेका छन् । प्राङ्गारिक मल उत्पादन थालेपछि गाउँमा रासायनिक मलको प्रयोगसमेत घटेको छ ।

Post a Comment