news and more entertainment

पाकिस्तानमा महिलालाई एक्लै बजार जान प्रतिबन्ध

पाकिस्तानको उत्तरपश्चिममा पाका आदिवासी तथा इस्लामी धर्मगुरुहरूले महिलालाई पुरुष नातेदार नलिई बजार जान प्रतिबन्ध लगाएका छन् । अफगानिस्तानको सीमास्थित खैवर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा यो निर्णय गरिएको हो ।
 धर्मगुरु मौलाना मिर्जाकिमले महिलालाई पुरुष नातेदार नभइकन बजार जान प्रतिबन्ध लगाएको बताए । उनले पुरुष नातेदार नलिई बजार जाने महिलालाई प्रहरीलाई हस्तान्तरण गरिने बताए ।
मिर्जाकिमले रमदानको समयमा यसरी महिला बजार जाादा अश्लीलता विस्तार हुने तथा पुरुषको उपवास भंग हुने दाबी गरे । उनले यो आदेश स्थानीय मस्जिदमा 'लाउडस्पिकर' मार्फत सार्वजनिक गरिने जनाए ।
उनले यो निर्णय धर्मिक महिनाको धार्मिकताको संरक्षणका लागि लिइएको पनि दाबी गरे । उनले यो निर्णय रमदानपछि फिर्ता लिइने वा नलिइने भन्ने विषयमा बताएनन् ।     पाकिस्तानमा तालिवानको चेतावनी तथा सामाजिक निषेधका कारण लाखौा महिला मौलिक अधिकारबाट वञ्चित छन् । यस मुलुकको उत्तरपश्चिमका प्रायः भागका महिला घरमा रहन्छन् । उनीहरूलाई बजार जान तथा बाहिर काम गर्न अनुमति छैन । खैबर पख्तुनख्वाका प्रायः भागमा महिलाले टाउकोदेखि शरीरका भाग ढाक्ने गर्छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget