news and more entertainment

सिरहामा यौनकर्मी को विगविगी, साहू सहित दुइ जना यौनकर्मीलाई पक्राउ

श्रीकान्त झा सिरहा, २८ असार । पटक पटक यौनकमीहरु समाति रहे पनि सिरहामा यौन धन्दामा वृद्धि भएको हो । त्यस्तै सिरहाका लहानमा होटेल एण्ड लज संचालनको नाममा यौन धन्दा संंचालन गरेको आरोपमा एक जना संचालक सहित दुइ जना यौनकर्मीलाई पक्राउ गरेका छन् । यौनकर्मीलाई यसअघि पक्राउ गरेपनि यौनधन्दा संचालन गर्नेलाई पहिलो पटक लहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार लहानको हस्पीटल चौकमा ब्लु स्टार रेष्टुरेण्टको नाममा संचालन रहेको सगरमाथा होटेल एण्ड लज संचालक लहान नगरपालिका ३ निवासी बर्ष ३२ विजयकुमार महतोलाई पक्राउ गरेका छन् । 

सो रेष्टुरेण्टमा यौनधन्दा गरिरहेका अवस्थामा यौनकर्मी सुनसरी जिल्ला दुहबी ४ बस्ने बष २० की लक्ष्मी(नाम परिवर्तन) रौनियार र ओखलढुङ्गा जिल्ला ठूलोछाप गाविस ५ बस्ने भूपेन्द्र शर्मालाई पक्राउ गरिएको लहानका प्रहरी निरीक्षक निरौलाले बताए । पक्राउ परेका शर्मा सिरहाकै गोलबजार कुखुराको आहार बिक्रि गर्ने व्यापार गरिरहेका छन् । पक्राउ परेका तीनै जनामाथि केही सार्वजनिक अपराध २०२७ बमोजिम कार्वाही पक्रिया अगाडि बढाइएको छ । तीनैलाई शुक्रबार म्याद थप गरिएको लहान प्रहरीले जनाएको छ । तीनै जनालाई लहान प्रहरीले बिहीवार साझ ६ बजे पक्राउ गरेको थियो । 

रेष्टुरेण्ट संचालकलाई पक्राउ नगरी यौनकर्मीहरुलाई पक्राउ गरेर आर्थिक लाभ लिने आरोप पटक पटक खेपेका लहान प्रहरीका लागि प्रहरी निरीक्षक निरौलाले पहिलो पटक संचालकलाई पक्राउ गरेर कार्वाही थालेका छन् । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत लहानको हस्पीटल चौक स्थित करिब २ किलोमिटरको दुरीमा मात्रै करिब २० वटा रेष्टुरेण्ट संचालनमा छन् । यसअघि प्रहरीले संचालकलाई कार्वाही नगर्दा लहानको हस्पीटल चौकमा यौनधन्दा गराउने रेष्टुरेण्ट र होटेल एण्ड लज च्याउ झै उमे्रका छन् । रेष्टुरेण्टमा भइरहेको यौनधन्दालाई बन्द गर्न यसअघि स्थानीयबासीहरुले तालाबन्दी गरेपनि प्रहरी साकारात्मक सहयोग नपाएकाले लहानमा यौनधन्दा गराउनेहरु मौलाएको स्थानीयहरुको गुनासो छ ।  #हाम्रो सन्देश
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget