news and more entertainment

आँप खानुका फाइदाहरु

आँपलाई फलहरुको राजा पनि भनिन्छ । यति बेला सबैको प्रिय फल आँप बनेको छ होला । किनभने यो मौसममा सबैभन्दा बढी पाइने फल भनेकै आँप हो । तर त्यतिकै यसलाई फलको राजा भने भनिएको होइन । स्वादमा मिठो हुनुको साथै यसका धेरै फाइदाहरु पनि छन् । 
१) क्यान्सर रोक्छः विभिन्न अध्ययनहरुले आँपमा पाइने एन्टी अक्सिडेन्ट कम्पाउण्डहरुले हाम्रो आन्द्रा, स्तन, रगत र प्रोस्टेट क्यान्सरबाट बचाउने देखाएको छ । यस्ता कम्पाउण्डमा क्युरसेटिन, आइसोक्युरसेटिन, एस्ट्राग्लीन, फिसेटिन, ग्यालिक एसिट र मिथाइग्यालट रहेका छन् । यसको साथै यसमा इन्जाइम पनि प्रशस्त मात्रामा पाइन्छ । 
२) कोलेस्ट्रोल नियन्त्रणः आँपमा पाइने उच्च मात्राको फाइबर, पेक्टिन र भिटामिन सीले शरीरमा कोलेस्ट्रोल लेभल र लिपोप्रोटिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ । 
३) छाला सफा बनाउँछ: आँपले हाम्रो छालामा भएको फोहोरलाई हटाएर पिम्पल कम गर्न मद्दत गर्छ । 
४) आँखालाई स्वस्थ राख्छः एक कप काटेको आँपले हाम्रो शरीरलाई चाहिने २५ प्रतिशत भिटामिन ए उपलब्ध गराउँछ । यसले मानिसको आँखा तेजिलो र रतअन्धो र सुख्खा आँखाबाट बचाउँछ । 
५) डाइबीटीज नियन्त्रणः आँपले हाम्रो शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्न मद्दत गर्छ । यसका लागि आँपलाई पानीमा उमालेर भोली बिहान खाने गरिन्छ । 
६) सेक्स लाइफमा सुधारः आँप भिटामिन ई को राम्रो स्रोत हो । यसले मानिसमा सेक्सको इच्छालाई बढाउने मद्दत गर्ने राम्रो हुन्छ । 
७) पाचनप्रक्रिया राम्रो बनाउँछ : आँपमा भएको फाइबरले खानलाई पचाउन मद्दत गर्छ । 
८) प्रतिरोधात्मक शक्ति बढाउँछः आँपमा पाइने भिटामिन सि र ए तथा २५ प्रकार क्यारोटिनोइडले हाम्रो शरीरको प्रतिरोधात्मक शक्तिलाई बढाउन मद्दत गर्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget