कृष्ण खनाल/ जेठ-५, बुटवल (सास)
यति संवाद पछि मोटरसाईकल स्टार्ट हुन्छ, अनि २ वटा बाईकमा दुई जना युवती
बस्छन् अनि मिलनचोक तर्फ हुईकिन्छन् । माथिको संवाद र दृश्य बुटवल–११ ईट्टा
भट्टीको हो । केही दिन अगाडी रातको समयमा स्थलगत रिर्पोटिङ्गको लागि गएको
संवाददाताले यस्तो संवादको प्रत्यक्ष रुपम सुन्ने अवसर पाएको थियो ।
रातको करिव सवा १० बजे बुटवलको नयाँबस पार्क पछाडी बाट ईट्टा भट्टी हुदै
देविनगर तर्फ जाँदै गर्दा बाटोमा दुई जना युवतीहरु कसैलाई कुरेका थिए ।
कुरेको केही मिनेटमा फोनमा घण्टी बज्यो..... यता बाट युवतीले भनिन्–‘कुरेको
एक घण्टा हुन लाग्यो आउने होईन?’ यति भन्न नपाउँदै दुई जना युवक बाईकमा आए
। अनि माथि उल्लेख गरेको संवाद स्पष्ट सुरु भएको हो ।
बुटवलमा पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतीको यो नमुना मात्र हो ।
बुटवल र यस आसपासमा यौन विकृती यति फस्टाउदै छ कि, जसलाई कतिपय
अभिभावकहरुले‘डरलाग्दो सामाजिक समस्या’को रुपमा समेत लिने गरेका छन् । केही
महिना अगाडी प्रहरीले दुधे बालक छोडेर होटलमा यौन क्रियाकलपा गर्दै
गर्दाको अवस्थामा १६ जोडीलाई पक्राउ गरेको थियो । आपत्ती जनक अवस्था पक्राउ
गरेका उनीहरुलाई आफन्तको रोहवरमा आगामी दिनमा उक्त क्रियाकलपा नदोहो¥याउने
सर्तमा ईलाका प्रहरी कार्यालय बुटवलले छोडेको थियो ।
प्रहरीले पटक पटक होटलहरुमा छापा मार्न थालेपछि यौन क्रियाकलप गर्नेहरुले
नया नयाँ तरिका अपनाउन थालेका छन् । बुटवलका केही होटलहरुमा खुलेयाम यौन
क्रियाकलाप हुने गरेको समाचार प्रकाशन भएपछि केही महिना अगाडी केही
होटलहरुले आफ्नो नाम समेत परिर्वतन गरेका थिए ।
पछिल्लो समयमा खासगरी बुटवल नयाँ बर्ष पार्क पछाडीको क्षेत्र विस्तारै
काठमाण्डौंको ठमेल बन्न थालेको केही विश्लेषकहरु बताउँदछन् । सडकमानै
यौनक्रियाकलपाको ‘रेट’ बार्गेनिङ्ग गर्ने युवायुवतीहरुको संख्या विस्तारै
बढ्दै गएका पाईन्छ । यसरी सडकमा बार्गेनिङ्ग गरेर युवाहरुले कुनै कुनैले
अभिभावक नभएको घरमा लैजाने गर्दछन् भने कोही कोहीले घरवटी नभएको भाडामा
बस्दै आएको घरमा लैजाने गर्दछन् ।
होल नाईट (पुरा रात) को र एक पटक मात्र यौन क्रियाकलप गरेपछि पुन जहाबाट
लगेको हो त्यहि स्थानमा छोडिदिने सर्तमा दुईवटा (रेट) मूल्य हुने गरेको एक
यौनकर्मी युवतीले बुटवल टुडेलाई जानकारी दिईन् । उनले कहिले काही एक
रात(होल नाईट)को रेट ५ देखि १० हजार रुपैया सम्म आफुले लिने गरेको बताईन् ।
केही रेस्टुरेन्टहरुमा पनि यस्ता यौन कर्मी महिलाहरुलाई (वेटर) को रुपम
राख्ने गरेको पाईन्छ । यसरी वेटरको रुपमा बसेका युवतीहरुलाई पनि
रेस्टुरेन्टमा जाँने ग्रहकले आफ्नो ईच्छा अनुसार लैजाने र पुनः त्यहि
रेष्टुरेन्टमा ल्याएर छोड्ने गरेको पाईन्छ ।
केही समय अगाडी बुटवलको केही होटलहरुमा होटल सञ्चालकहरुले रातको समय भन्दा
पनि दोब्बर भाडा लिदै बुटवलका केही होटलहरुमा दिउसै खुलेयाम यौन धन्दा
गराउने गरेको पाइएको थियो । होटलमा एक घण्टा बसेबापत केही होटलहरुमा ५ सय
रुपैया देखि ३ हजार सम्म लिने गरेको समेत समाचार सर्वजनिक भएको थियो ।
होटलमा छापा मारे पटक पटक जोडीहरुलाई प्रक्राउ गर्न थालेपछि पछिल्लो समयमा
यौन कर्महरुले होटल छोडेर नजिकैको जंगललाई यौन प्यास मेटाउने स्थालको रुपमा
प्रयोग गर्ने गरेका थिए । तर प्रहरी प्रशासनले समेत पछिल्लो समयमा जंगल
खोलाका किनार किनारमा समेत निगरानी गर्न थालेको छ ।
अनौतिक कार्य रोक्न चेतावनीमुलक होर्डिङ्ग बोर्ड
बुटवल । पाल्पाको दोभान गाविस ५ सिद्धबाबा, दोभान झुम्सा, लगायतका
स्थानहरुमा विभिन्न स्थानबाट आउने युवा युवतीहरुले अनैतिक क्रियाकलाप
गर्नुर्ने थलोको रुपमा पहिचान बनाएको छ । अनैतिक क्रियालकपा संगै लागू औषध
सेवनमा गर्ने स्थानको रुपमा प्रयोग गर्न थालेपछि प्रहरी र स्थानिय ले
सक्रियता अपनाएका छन् ।
पाल्पाको दोभान गाविसमा रहेको दोभान युवा सञ्जाल र प्रहरी चौकी दोभानले
अनैतीक क्रियाकलाप रोक्नको लागि विभिन्न स्थानमा चेतावनी मुलक होर्डिङ्ग
बोर्ड रोखको छ । ‘होर्डिङ्ग बोर्डमा तपाईंहरु अनैतिक क्रियाकल तथा लागू औषध
सेवन गर्न आउनुभएको हो भने तपाईलाई प्रहरी र सामुदायिक सञ्चालले कडा
निगरानी र कारवाही गरिरहेको छ ।’ भनेर उल्लेख गरिएको छ । केही समय यता
दोभान प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै एक महिनामा करिव आधा
दर्जन जोडी पक्राउ गरेर आफन्तलाई जिम्मा लागेको थियो ।
यस्तो क्रियाकलाप बढ्दै गएपछि प्रहरी र स्थानिय युवा सञ्चालले त्यस
क्षेत्रमा आउने विशेषगरी युवा युवतीहरुलाई कडा निगरानी गर्ने गरेको छ ।
दोभान युवा सञ्जालका संयोजक विष्णु पाण्डेले बुटवलबाट दोभान र आसपासमा आएर
घण्टौ सम्म खेला किनार तथा जंगलमा बस्ने र अनैतिक क्रियाकलपा गर्ने गरेको
पाइएपछि त्यस्तो विकृती रोक्नको लागि होर्डिङ्ग बोड राखिएको बताए । उनले
बुटवलको नजिक शिद्धबाबा देखि पाल्पाको झुम्सा सम्म करिव आधा दर्ज बढि
चेतावनी स्वरुपका होर्डिङ्ग बोर्ड राखिएको जानकारी गराए ।
उता, प्रहरी चौकी दोभानका ईन्चार्ज धिरेन्द्र श्रेष्ठले विशेष गरी विहान र
बेलुकाका समयमा आउने युवा युवतीहरुलाई कडा निगरानी गरिने र खासगरी स्कुल
तथा कलेज पोसाकमा आउने युवा युवतीलाई पाल्पा प्रवेशमा रोक लागाउने गरेको
बताए ।
Post a Comment