एक युवती हरेक दिनजसो बारमा जान्थिन् । कुनै अपरिचित पुरुषसँग कुराकानी
गर्थिन् । त्यसको केही समयपछि उनी त्यही पुरुषसँग ओछ्यानमा हुन्थिन् ।
यस्तो अजीवको दैनिकी भएकी युवती थिइन्– ब्रिटेनकी सेई कोलाड ।उनको यो
दैनिकी केही दिन या महिनाको मात्र होइन । १३ वर्षसम्म यस्तो दैनिकी कायम
गरिन् उनले । अहिले ३५ वर्ष भइसकेकी सेईलाई १७ वर्षको उमेरदेखि नै यौनको लत
लागेको थियो । त्यसैवेलादेखि उनले विभिन्न पुरुषसँग सम्बन्ध राख्न थालिन् ।
१९ वर्षको उमेरसम्ममा सेईले ४० पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेकी थिइन् ।
आफूले जीवनमा तीन सय ७० पुरुषसँग यौनसम्बन्ध राखिसकेको उनी बताउँछिन्
।त्यसो त कुमारित्व गुमाउँदा उनी मात्र १३ वर्षकी थिइन् । उनी भन्छिन्,
‘त्यसैवेला म गर्भवती भएँ । त्यसले मलाई निकै चिन्तित बनायो । आखिर १४
वर्षको उमेरमै मैले छोरी जन्माएँ । मेरो समय निकै खराब हुन थाल्यो ।’
छोरी जन्मेको ६ हप्तापछि सामाजिक संगठनले हेरचाहमा मद्दत त गरे, तर सानै
उमेरमा आमा बनेपछि उनको बालापन नै गुम्यो । त्यसमाथि उनी परिवारसँग बस्ने
वातावरण बन्न सकेन । त्यसैले १६ वर्षको उमेरमा छोरी साराका साथ उनले घर
छाडिन् । तर, छोरीले मात्र उनको एक्लोपना हटेन । त्यसले उनलाई निकै दु:खी
बनायो । एक्लोपनाबाट मुक्त हुने बाटो खोज्दै एउटा हाउजिङ सोसाइटीमा बस्न
पुग्दा उनको उमेर १७ वर्षको थियो । त्यहाँ सेईले ३१ वर्षीय पल भेटिन् र
उनलाई ब्वाइफ्रेन्ड बनाइन् । आफ्नो एक्लोपनाको अन्त्य हुने विश्वासमा पलसँग
यौनसम्बन्ध राख्न थालिन् । तर, पनि उनको एक्लोपना हराएन । सेई भन्छिन्,
‘मलाई अत्यधिक सेक्सको आवश्यकता पथ्र्यो । सेक्सले मात्रै राहत महसुस
हुन्थ्यो । जब सेक्स गर्न पाउँदैनथेँ, आत्मविश्वास नै गुमाउँथेँ । त्यसले
मलाई दु:खी र ‘डिप्रेस्ड’ बनाउँथ्यो । त्यसैले म छिटोभन्दा छिटो सेक्स गर्न
चाहन्थेँ ।’
त्यसपछि उनी पललाई झुक्याएर हप्तामा एकपटक पब जान थालिन् । उनी त्यहाँ
भेटिएका अपरिचितसँग सम्बन्ध बनाएर यौनसम्बन्ध राख्थिन् । पछि त यस्तो
सिलसिला बढ्न थाल्यो । यसबीचमा उनले ब्वाइफ्रेन्डसँग बफादार हुने निकै
कोसिस त गरिन् । तर, उनलाई दिनमा चारदेखि पाँचपटकसम्म सेक्स गर्ने लत
लागिसकेको थियो । उनको ब्वाइफ्रेन्डबाट त्यो सम्भव थिएन ।
त्यसैले जब उनी ‘सेक्सुअल फ्रस्टेसन’ महसुस गर्थिन्, तब बाहिर गएर आफ्नो
प्यास मेटाउँथिन् । यसरी उनले ब्वाइफ्रेन्डलाई निकैपटक धोका दिइन् ।
त्यसबीचमा उनी गर्भवती बनिन् । त्यसले उनलाई दु:खी बनायो । किनकि, उनी
अर्को बच्चाको हेरचाह गर्न सक्ने अवस्थामा थिइनन् । त्यसैले उनले गर्भपतन
गर्ने निर्णय लिइन् । उनलाई त्यो बच्चा कसको हो भन्ने पनि थाहा थिएन ।
त्यसैले पललाई पनि बताइनन् ।
उनी त्यसवेलासम्म चाहन्थिन् कि पलसँगको सम्बन्ध कायम रहिरहोस् । तर, त्यो
सम्भव भएन र उनीहरूले अलग हुने फैसला गरे । त्यसवेला उनी १९ वर्षकी भएकी
थिइन् ।
सेई भन्छिन्, ‘सेक्स एडिक्सनले मलाई बेहोसी नै बनाउँथ्यो । मेरो एक्लोपनाको
उपचार सिर्फ सेक्स थियो ।’ उनले बताएअनुसार जतिखेर चाह्यो त्यतिखेर
सेक्सका लागि उपस्थित हुने पाँचजना पुरुष उनको सम्पर्कमा थिए । त्यसका साथै
उनले धेरै अपरिचितसँग यौनसम्बन्ध बनाइन् । उनी बारमा जान्थिन् । त्यहाँ
भेटिएको कुनै पुरुषलाई नजिक बनाउँथिन् र यौनको प्रस्ताव राख्थिन् । उनी
यौनकलामा पोख्त थिइन् । त्यसले उनको यौनसाथी पनि सन्तुष्ट हुन्थे ।
उनी हरेक रात बाहिर जान्थिन् । त्यसवेला छोरीलाई घरमा थुनेर राख्थिन् ।
उनको दिमागमा केवल यौन मात्रै आउँथ्यो । २२ देखि ३० वर्षको उमेरबीच उनको
जिन्दगी यसरी नै चल्यो । त्यस अवधिमा उनको जीवन लथालिंग र बदनाम भइसकेको
थियो । उनमा यौनलत नराम्ररी हाबी भइसकेको थियो । उनी हप्तामा पाँचदेखि ६
जनासँग सम्बन्ध राख्थिन् ।
२६ वर्षको उमेरमा उनी फेरि गर्भवती भएकी थिइन्, तर गर्भपतन गराइन् ।
त्यसपछिका दिनमा उनी कुनै पनि पुरुषका साथ जान्थिन् । पहिले रक्सी पिउँथिन्
अनि यौनसम्बन्ध राख्थिन् ।
त्यसैबीचमा उनले म्यानेजमेन्ट कन्सल्टेन्टको काम पनि गरिन् । तर, उनी आफैँ
अचम्ममा पर्छिन् र भन्छिन्, ‘त्यसवेला मैले कसरी काम गरेँ होला ?’ किनकि,
उनलाई जब यौनको भोक लाग्थ्यो, बिरामी नै पर्थिन् र अफिस पनि जाँदिनथिन् ।
उनले आफ्ना कैयौँ सहकर्मीका साथ पनि यौनसम्बन्ध राखिन् ।
उनी २९ वर्षको हुँदा घरको भाडा तिर्न नसकेर निकालिइइन् । त्यसवेलासम्म
छोरीलाई पनि उनीबाट अलग्याएर परिवारका साथ पठाइसकिएको थियो । तर, त्यसपछि
उनको जीवनमा यस्तो घटना भयो, जसले उनको जिन्दगी बदल्यो । सेई बताउँछिन्, ‘म
एउटा साथीको घरमा बसेकी थिएँ । त्यहाँ ‘द सिक्रेट’ नामको डकुमेन्ट्री
हेर्ने मौका पाएँ । त्यसमा यौनको लतबारे बताइएको थियो । त्यसपछि मैले आफूमा
साँच्चै समस्या रहेको थाहा पाएँ ।’ त्यसपछि उनलाई लाग्यो, आफ्नो यौन लत
छुटाउन जरुरी छ । सेईले यौन लतको भासबाट उत्रिनेबारे त्यसअघि कहिल्यै
सोचेकी थिइनन् । त्यो लतबाट छुटकारा पाउन सक्छु भन्ने थाहा पाउँदा उनी ३०
वर्षकी भइसकेकी थिइन् । त्यसवेलासम्म उनको हालत निकै नराम्रो भइसकेको थियो ।
त्यसैले पनि उनलाई सहयोगको आवश्यकता थियो ।
त्यसमा उनको साथीको सहयोग मिल्यो । र, पछिल्लो चार वर्षमा सेईको जीवन निकै
बदलिसकेको छ । यस अवधिमा उनी यौनको लत छुटाउन दिइने कैयौँ प्रशिक्षणमा
सहभागी भइसकेकी छिन् । त्यसका लागि १२ चरणको कार्यक्रममा पनि सामेल भइन् ।
उनी अहिले चार वर्षभित्र आफूमा आएको परिवर्तन ‘सेलिब्रेट’ गरिरहेकी छिन् ।
सेई भन्छिन्, ‘मलाई सेक्सको यस्तो लत लागेको थियो कि विनापुरुष सुत्न नै
सक्दिनथेँ । तर, पछिल्लो चार वर्ष उनको यस्तो लत रोकिएको छ । उनले त सोचेकी
पनि थिइनन्– उनी यो लतबाट मुक्त हुन्छिन् भनेर । यस अवधिमा कैयौँपटक
सेक्सको तल–तल लागे पनि उनले सेक्स गरिनन् । त्यसपछि त बिस्तारै उनी लतबाट
मुक्त हुँदै गइन् । अहिले त उनी सामान्य जीवन बाँचिरहेकी छिन् ।
- एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment