news and more entertainment

महिलाको कुन अंगमा पर्छ पुरुषको पहिलो नजर ?

कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तराष्ट्रिय सर्भेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ ।पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ? यसमा पनि तपाइँको अनुमान नमिल्न सक्छ । पुरुषले दोश्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ । तेश्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ ।डेलीमेलमा छापिएको खबर अनुसार सर्भेक्षणमा सहभागि गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्भेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेश्रो प्राथमिकतामा पर्छ ।सर्भेक्षण अनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् । यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका लुगा तथा महिलाको उचाइमा ध्यान दिन्छन् ।पुरुषहरुले सबैभन्दा बढि बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार महिलाहरुले भने पुरुषको छातिमा पहिलो नजर पूराउँछन् । त्यसपछि पुरुषको उचाइ तथा छालाको रंगमा ध्यान दिन्छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget