यौन साथीको अभावमा पुरुष र महिला दुवै यौन चाहना पूरा गर्न होटलमा व्यावसायिक यौनकर्मीको सम्पर्कमा पुग्ने वा परस्त्री गमन वा परपुरुष गमनको सम्भावना तीव्र हुन्छ । तर कृत्रिम यौन अंगको प्रयोगले यी दुवै समस्या हट्नसक्ने कन्डम हाउसका अवलोकनकर्ताहरूले बताएका छन् । चुलाचुली इलामका हर्कजंग राईले यस्ता अंग पाइन्छन् भन्ने सुने पनि यसअघि नदेखेको बताए । उनका अनुसार यस्ता सामान उपलब्ध हुँदा धेरै मानिस लाभान्वित हुन सक्छन् । 'होटल होटलमा दिनदहाडै हुने विकृतिलाई यसले घटाउँछ जस्तो लाग्यो,' राईले भने, 'म यो पसल यहाँ छ भनेर आएको होइन । कन्डम हाउसको बोर्ड देखेर आएको हुँ तर अरू सामान पनि उपलब्ध रहेछन् ।'
पसलमा महिलाका लागि पुरुषका यौनांग, ब्याट्रीबाट सञ्चालन हुने भाइब्रेटर अंग, यौनआनन्द दिने किसिमका कन्डम र पुरुषका लागि पनि फरक आकारका महिलाका यौनांगहरू उपलब्ध छन् । एचआईभीबाट जोगिन र अनिच्छित गर्भ रोक्नका लागि मात्र होइन यौन सन्तुष्टि र शीघ्र स्खलन रोक्ने खालका कण्डमहरू पनि रहेको न्यौपानेले बताए । यसअघि न्यौपानेले यहाँका ग्राहकलाई काठमाडौंबाट कुरियरमार्फत् त्यस्ता अंगहरूको आपूर्ति गर्दै आएको थिए ।
नेपालका विवाहित पुरुषको बढदो वैदेशिक यात्रा, उमेरमै श्रीमान्-श्रीमती गुमाएका कयौं एकल महिला वा पुरुषहरू यौन कुण्ठा लुकाएर बसेकाहरूले कृत्रिम यौनअंगबाट सजिलै सन्तुष्टि प्राप्त गर्न सक्ने न्यौपानेले बताए । काठमाडौं, चितवन र धरानको अनुभवमा अधिकांश छुट्टएिर बसेका श्रीमान्-श्रीमती, एकल महिला पुरुष र क्याम्पसका विद्यार्थी, जेल जीवन बिताइरहेका कैदी-बन्दीहरू आफ्नो ग्राहकको रूपमा रहेको न्यौपानेले सुनाए । वैदेशिक रोजगारीको सिलसिलामा जर्मन पुगेका न्यौपानेले पाँच वर्षअघि त्यहाँ कृत्रिम अंग प्रयोग चलन देखेपछि नेपालमा पनि यसको आवश्यकता रहेको महसुस गर्दै पहिलोपटक यस्ता अंगहरू भित्र्याएका हुन् । - कान्तिपुर
Post a Comment