एजेन्सी । बेलायतका स्कुले किशोरीहरुले गर्भपतन गराउने क्रम बढ्दै गएको छ । कतिपयले त १६ औं जन्मोन्सवअघि नै चारपटकसम्म गर्भपतन गराउने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
गतवर्ष सन् २०१३ मा बेलायतमा २५३८ जनाले गर्भपतन गराएका थिए भने सन् २०१२ मा २९२५ किशोरीले गर्भपतन गराएका थिए ।
२०१३ मा सबै उमेर समूहका १ लाख ८५ हजार ३ सय ३१ महिलाले गर्भपतन गराएको तथ्यांक छ । तीमध्ये ५० महिलाले नौपटकसम्म गर्भपतन गराएको पाइएको छ ।गतवर्ष सन् २०१३ मा बेलायतमा २५३८ जनाले गर्भपतन गराएका थिए भने सन् २०१२ मा २९२५ किशोरीले गर्भपतन गराएका थिए ।
बेलायती अनलाईन डेलीमेलका अनुसार एक स्कुले किशोरीले सन् २०१२ मै चौथोपटक गर्भपतन गराएकी थिइन् । विगत ३ वर्षमा १६ वर्षमुनीका २०० किशोरीले दोहो¥याएर गर्भपतन गराएका थिए । बेलायतमा किशोरीबीच गर्भपतनलाई गर्भनिरोधकको वैकल्पिक उपायका रुपमा लिने प्रवृत्ति बढ्दै गएको छ । सन् २०११ मा १६ वर्षमुनीका ८४ किशोरीले दोस्रो या तेस्रोपटक गर्भपतन गराएको बोलयती स्वास्थय विभागले जनाएको छ । यस्तै, सन् २०१३ मा गर्भपतन गराउने किशोरीको संख्या ६८ थियो ।
फेमिली एजुकेसनका नर्मन वेल्स भन्छन्, ‘किशोरकिशोरीबीच परिणामलाई बेवास्ता गर्दै सेक्स गर्ने क्रम बढ्दै गएको छ ।’
सन् २०१४ को सुरुमा बेलायती उच्च न्यायलयले एक १३ वर्षीया किशोरीलाई गर्भपतन गर्ने या नगर्ने भन्ने रोज्ने अधिकार दिने फैसला गरेको थियो । हजुरआमाले स्तन बढ्दै गएका कारण गर्भवती भएको आशंका गरेपछि मात्र ती किशोरीले आफू गर्भवती भएको थाहा पाएकी थिइन् । उनले आफ्नो तौल अन्य कारणले बढेको ठानिरहेकी थिइन् । एउटा स्थानीय अस्पतालमा भिडियो एक्सरे गरेपछि मात्र उनी गर्भवती भएको पुष्टि भएको थियो । उनले आफू बच्चा जन्माउने पक्षमा नरहेको भन्दै अदालत गएकी थिइन् । (डेलीमेल)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment