अमेरिकी अभिनेत्री इभा लंगोरिया पार्कर फिल्म र टेलिफिल्मको चिनिएको नाम हो। 'डेसपरेट हाउसवाइफ'जस्तो सुपरहिट सिरियलमा काम गरेकी उनको सेक्स गर्ने आफ्नै काइदा छ। हातखुट्टा बाँधेर विवशजस्तो बनेको अवस्थामा सेक्समा सरिक हुन भनेपछि आफू हुरुक्क हुने उनी बताउँछिन्।
केही समयअघि 'द सन' पत्रिकालाई दिएको अन्तरवार्तामा उनले आफ्नो यौन जीवनबारे खुलाउँदै भनिन्, 'मलाई साधारण तरिकाले गरिने सेक्समा त्यति रुचि छैन। आफ्नो हातखुट्टा बाँधिएको होस् र यही अवस्थामा सेक्स गर्न पाइयोस्, त्यसमा पो छ त वास्तविक मजा।' हातखुट्टा बाँध्नका लागि रेशमको मफलर भयो भने सुनमा सुगन्ध थपिएजस्तो लाग्दो रहेछ, उनलाई। उनले भनेकी छिन् 'सेक्स भनेको समर्पण हो। जब तपाईं पार्टनरअघि आफूलाई बाँधेर प्रस्तुत हुनुहुन्छ, तब तपाईंले ऊ समक्ष आफूलाई पूर्ण समर्पण गरिदिनुभएको हुन्छ,त्यसैले सेक्सको मज्जाले भनेको आन्नद लिने चिज हो ।' #businesssansar.com
Post a Comment