news and more entertainment

१५ लाख खर्च गरी सौतेनी आमा मार्ने योजना बनाउने पक्राउ

भक्तपुर, असार १९ – १५ लाख रुपैयाँ खर्च गरेर सौतेनी आमालाई अपहरण गरी मार्ने योजना बनाउने हित ६ जनालाई भक्तपुरमा प्रहरीले पक्रेको छ ।
विराटनगर घरभई गठ्ठाघर बस्दै आएकी ममता घिमिरे धमलालाई असार १५ गते  विहान १० बजे गठ्ठाघरबाटै अपहरण गर्दै गर्दा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राऊ गरेपछि यस्तो रहस्य खुलेको हो ।
ममताकी सौतनी छोरी चावहिलकी ऋचा धमला, नुवाकोटका सुरेश गुरुङ, शेषमान तामाङ, राजेश गुरुङ, काभका्रे आशमान लामा र ठमेलका सुशील नापितलाई प्रहरीले पक्रेको छ । ऋचा र आशमान प्रेमी प्रेमिका रहेका पनि खुलेको छ ।
ममता घिमिरेलाई सौतनी छोरी लीजा र ऋचा धमलाले तीन महिनादेखि हत्या गर्ने योजना बनाएको खुलेको प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो । आमाको हत्याको प्रतिशोध लिन उनीहरुले अपहरण र हत्याको योजना बनाएको प्रहरीले जनाएको छ ।
लीजा र ऋचाकी आमा अम्बिका धमलालाई बाबु मुरारीले आगो लगाएर हत्या गरेको रिस फेर्न उनीहरुले सौतेनी आमाको हत्या गर्ने योजना बनाएको रहस्य खुलेको हो । अष्ट्रेलिया बस्दै आएकी लीजा तीन महिना अघि नेपाल आएपछि ऋचा र आशमान सहितले अपहरण गरी हत्या गर्ने योजना बनाएको खुलेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget