‘ठुली’ को टेलर सार्वजनिक । गरिमा किन दिन दिनै मरेर बाचिन (भिडियो सहित )
यहि भाद्र ६ गते बाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘ठुली’को
टेलर सार्वजनिक गरिएको छ । निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गर्नु
भएको चलचित्र “ठुली”को गीत संगीतले बजारमा दर्शक तथा स्रोताको मन जित्न
सफल भईसकेको छ । निर्माण सुरु भए देखिने चर्चामा रहन सफल चलचित्र “ठुली”लाई
अहिले एउटा सम्भावना बोकेको चलचित्रको रुपमा फिल्मी नगरीमा हेर्न थालिएको छ
।
अहिलेको
चर्चित तथा सार्क फिल्म फेस्टिबल २०१४ अवार्ड बिजेता अभिनेत्री गरिमा पन्त
र जीवन लुइटेल जोडदार अभिनय रहेको चलचित्रको सार्वजनिक भएको टेलरले पनि
दर्शकको मन जित्नुको साथै आफ्नो चलचित्र हेर्न हल सम्म दर्शक आउनेमा
निर्देशक एभरेस्ट सुर्य बोहोरा ढुक्क रहेका छन् । एभरेष्ट कला यात्रा
फिल्मसको ब्यानरमा पुस्कर पन्त ले निर्माण गरिरहेको फिल्मको कार्यकारी
निर्माता सुनिल बस्नेत हुन । फिल्ममा नायिका गरिमा पन्त, जीवन लुइटेल,
कन्चन ठकुरी, निला बस्नेत, बिशाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।शेर
बहादुर लामाले खिचेको फिल्ममा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम
शाहको द्धन्द, बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ ।
फिल्मको काठमण्डौ, चितवन लगायतका विभिन्न स्थानमा छायांकन गरिएको थियो ।
फिल्म हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा यहि भाद्र ६ गते
रिलिज हुनेछ ।
Post a Comment