उनको प्रेमीको कुटाई बाट सुष्माले आफ्नो हात काटेको बताइन् ।‘उसले मंगलबार पनि मलाई भेटेपछि जथाभावी बोल्न थाल्यो । मैले उसलाई एक महिना अगाडि नै ब्रेकअप दिएको हुँ । तर पनि उसले विभिन्न बहानामा मलाई पिटिरहन्छ ।’-सुष्माले भनिन् ।‘उसले विना कारण निहुँ खोजेपछि मैले पनि अपशब्द प्रयोग गर्दै गाली गरे’, सुष्माले भनिन् । ‘उसले मलाई जहिले गाली गर्यो । खानदानलाई मात्र होइन मेरो ईज्जतमा समेत विभिन्न आरोप लगाउँदै आएको छ’, सुष्माले निरनको व्यवहार संझदै भनिन् ।‘मलाईर् दुनियाँको विस्तारा बनेको भन्दै गाली गर्छ । उसको यो कुरामा कुनै पनि सत्यता नभएको उनको भनाई छ
केहि समय अगाढी पनि उनहरुको बारेमा नकारात्मक टिप्पणीहरु आएका भएपनि उनीहरुले त्यसको बचाऊ गर्दै आएका थिए |तर त्यो बहाना पनि धेरै दिन टिक्न सकेन |मंगलबार पनि आफ्नो कुनै गल्ती नभएको भन्दै सुष्माले विनाकारण कुटाई खाएको जनाइन् । सुष्माले अब आफू फिल्म नगरीमा मिहिनेतका साथ लाग्न चाहेको बताइन् । आफूलाई निरनकै कारणले सिनेमा दिन पनि निर्माताहरु हिचकिचाएको उनको भनाई छ । केही समय अगाडि धरानमा आयोजित एक कार्यक्रममा पनि सुष्माले निरनको हाटबाट स्टेज पछाडि कुटाई खाएकी थिइन् ।
Post a Comment