news and more entertainment

रणबीर कपूरका साथमा जन्मदिन मनाउँदै क्याटरीना ?

नयाँ दिल्ली, बलिउडकी सनसनी अभिनेत्री क्याटरीना क्याफ बुधवार अर्थात आज १६ जुलाईका दिन आफ्नो जन्मदिन मनाउँदैछिन । क्याटका प्रशंसकहरू यो कुरा थाहा पाउनका लागी निकै उत्सुक हुनेछन कि उनकी सबैभन्दा मनपर्ने अभिनेत्रीले यस पटक कसका साथमा जन्मदिन मनाउन लागेकी छन त । अनुमान गरिएको कुरालाइ विश्वास गर्ने हो भने क्याटले यो पटक आफ्ना कथित प्रेमी रणबीर कपूर का साथा आफ्नो जन्मदिन मनाउँदै छिन । 

क्याटको जन्मदिनलाइ लिएर अहिले निकै चर्चा भैरहेको छ । बताइए अनुसार रणबीर कपूर हवाईजहाजबाट प्रागमा पुग्दैछन । क्याटरिना प्रागमा आफ्नो फिल्म ‘ब्याङग ब्याङ्ग’ को शूटिंग गरिरहेकी छन । चर्चा अनुसार जन्मदिन मनाउनका लागी दुबै क्रोसिका जानेछन । बिशेषकुरा के भने रणबीर पनि अहिले यूरोपमा नै रहेका छन । रणबीर यहां आफ्नो फिल्म ‘तमाशा’ को शूटिंगमा व्यस्त छन । ‘तमाशा’ मा रणबीर का साथमा दीपिका पादुकोण रहेकी छन। यदि रणबीर प्राग पुगे भने यो क्याटरिनाका लागी जन्मदिनको निकै ठुलो उपहार हुने कुरा अहिले बिटाउनमा चर्चाको बिषय बनेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget