असार २० ,एजेन्सी । पुजा मिश्रालाई दर्शकहरुले बिग बोस सिजन–५ मा देखेका
थिए । उक्त शोमा उनले निकै विवाद गरेकी थिइन् । अहिले उनी एउटा सनसनीखोज
आरोप लगाएर चर्चामा छिन् ।
पुजाले इशा कोप्पिकरका श्रीमान टिम्मी नारंग र उनका भाइ राहुलमाथि यौन
दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । राहुल नातामा
पुजाका भिनाजु हुन् ।
पुजाले उनीहरुमाथि आफ्नो घरमै आएर शारीरिक उत्पीडनको प्रयास गरेको आरोप
लगाएकी छन् । आफू पुणेको एक होटलमा पुग्दासमेत उनीहरुले आफूलाई दुर्व्यवहार
गरेको पुजाको आरोप छ। उनले आफूलाई दुई जना मिलेर कारमा सुनसान स्थानमा
लगेर यौन शोषणको प्रयास गरेको दावी गरेकी छन् ।
उनले आफू कुस्किलले उनीहरुबाट बचेको दावी गर्दै अहिले पनि आफ्नो ज्यान
खतरामा रहेको बताएकी छन् । नारंग र राहुलले धम्की दिने गरेको पुजाको दावी छ
। उनले आफू लुकेर बस्न बाध्य भएको दावलीसमेत गरेकी छन् । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment