news and more entertainment

प्रहरी निगरानीमा पर्ने डन को–को ?


 काठमाडौं,साउन२९–दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरपछि प्रहरीले अन्य गुन्डागर्दीका नाइकेको निगरानी थालेको छ । विभिन्न मुद्दामा सजाय काटेर बसे पनि उनीहरुले व्यापारीलाई धम्क्याएर पैसा उठाइरहेको सूचना पाएपछि सबैलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
हाल गुन्डागर्दीका दुई नाइके थुनामा छन् भने करिव आधा दर्जन विभिन्न मुद्दामा फरार छन् । अरु विभिन्न मुद्दामा पक्राउ परी सजाय काटेर बाहिरै भएकासमेत गोप्यरुपमा असुली धन्दामा संलग्न भएको सूचनाका आधारमा प्रहरीले उनीहरुका हरेक गतिविधिको निगरानी थालेको हो । ‘प्रहरीमा उजुरी भएकानभएका सबैजना के गर्छन्,कहाँ जान्छन्,के गर्छन् भन्ने एकएक गतिविधि नियालिरहेका छौं,’ पछिल्लो समय गुन्डागर्दीविरुद्धको अप्रेसन सुरु गरेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन्,‘गुन्डागर्दीको जालो भत्काएर पुर्ण रुपमा हामी उपत्यकालाई गुन्डागर्दीमुक्त बनाउनेछौं ।’ स्रोतका अनुसार पछिल्लो समय गृह मन्त्रालयले समेत गुन्डागर्दी अप्रेसनमा प्रहरीलाई सहयोग गरेपछि प्रहरी उत्साहित भएर यो अभियानमा लागेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रहरीका अनुसार पछिल्लो समयमा गुन्डागर्दीमा संलग्न दावा लामा,पञ्चे लामा,टासी लामा,दुर्गे राइ र समीर केसी फरार छन् । नाम चलेका अन्य डनले गोप्य रुपमा व्यवसायीसँग पैसा लिने गरेको सूचनाप्रहरीले पाएको छ । त्यही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी कारबाही गर्ने प्रहरीको योजना छ ।
राजधानीमा नाम चलेका गुन्डाका नाइकेहरु दीपक मनाङ,गणेश लामा,मिलन चक्रे,राजु गोर्खाली,कुमार घैंटे,राजेन्द्र गुरुङ,मीनकृष्ण महर्जन,बाघे लामा,माइला लामा,बलराम सापकोटा,अभिमान सिंह बस्नेतलगायतविरुद्ध प्रहरीमा जाहेरी नभएकाले पक्राउ गरिएको छैन । तर उनीहरुले जवरजस्ती कागज गराउने,व्यवसायीलाई जवरजस्ती थर्काउनेजस्ता काम गरिरहेको सूचना प्रहरीले पाएको छ । त्यसकारण प्रहरीले उनीहरुलाई निगरानीमा राखेको छ ।


भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget