news and more entertainment

प्रहरी विरुद्ध लागेकी ‘चरी’की प्रेमिका खुश्वुको सबै सम्पत्ति कव्जा गर्ने रणनीति..

प्रहरीविरुद्ध चर्को रुपमा लागेकी दीनेश अधिकारी ‘‘चरी’ की प्रेमिका खुश्वु ओलीलाई प्रहरीले सम्पत्ति छानविनमा फसाउने भएको छ । खुश्वुले प्रहरीविरुद्ध जाहेरी तयार गर्नु, प्रहरीको नाम किटान गर्नु तथा प्रहरीले चरीको हत्या गरेको विषयलाई अतिरञ्जित तवरले निरन्तर रुपमा उठाउनु लगायतका विषयले प्रहरी संगठन खुश्बुको विरुद्धमा छ । प्रहरीले खुश्वु बसेको धापाखेलस्थित सिभिल होम्सभित्रको घरमा चरीको लगानी रहेको भन्दै उक्त घर छानविन सुरु गरेको छ । 

त्यसैगरी प्रहरीले खुश्वुकी पूर्व प्रेमिका अर्पणलाई समेत साथ लिएर अर्पणबाट खुश्वुले लगेको गाडी लगायतका सम्पत्ति खुश्वुवाट खोस्ने तयारी गरेको छ । त्यसैगरी चरीले विभिन्न व्यपारीवाट असुलेको रकममध्ये प्रमाण भएसम्मको सबै रकम खुश्वुवाट असुल्ने योजना बनाएको छ । प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसँग मिलेर अन्य खुश्वुको सम्पत्ति छानविन गर्न लागेको छ । खुश्वुको घर व्यापारिक समुहबाट रकम ठगेर किनिएको भन्दै प्रहरीले खुश्वुको घर, गाडी, सबै सम्पत्ति फिर्ता गर्ने योजना बनाएको बताइएको छ । प्रहरीले व्यापारीक घराना अमित मित्तललाई पनि साथमा लिएको छ । 

सारा सम्पत्ति खोसेर सडकमा ल्याउने योजना  

प्रहरी संगठन विरुद्धमा उत्रिएपछि चरीकी प्रेमिका खुस्बु आर्थिक संकटमा पर्ने देखिएकी छन् ।  खुस्वुले विभिन्न व्यवसायीसँग लिएको रकम ती व्यवसायीहरुले सुरक्षाकर्मीको आडमा कुनै पनि ढंगले लिने योजना बनाएका छन् । गृहमन्त्री वामदेव गौतमले संसदमा चरीको हत्या नभएको र उनी इन्काउन्टरमै मारिएको जवाफ दिइसकेका कारण खुश्वु र उनी पक्षधर कमजोर भएका छन् । यही मौकामा प्रहरीले खुश्वुको सबै सम्पत्ति चरीले जोडिदिएको भन्दै उनको सम्पत्तिमाथि छानविन सुरु गरेको छ । 


यसअघि अर्पणको सहायतामा  न्यूरोडका ब्यापारी अमित मित्तललाई चरीले ५० लाख ठगी गरेको कुरा बाहिर आएको थियो ।  सापटको नाममा लिएको रकम फिर्ता नदिएपछि मित्तलले प्रहरीमा जाने बताएपछि मोडल ओलीले आफ्नो ब्याईफ्रेन्ड चरीलाई प्रयोग गरी मित्तललाई थर्काउन लगाएको भन्दै यतिवेला मित्तल प्रहरीको आडमा गएका छन् । मित्तलको पैसा खुश्वुको सम्पत्तिबाट दिलाइदिने प्रहरीले बताएको छ । यसकारण मित्तलले खुश्वु विरुद्ध प्रहरीलाई सहयोग गरेका छन् । 

उता खुश्वुका पूर्व पे्रमिका अर्पण कोइरालाले पनि खुश्वु विरुद्ध प्रहरीलाई सहयोग गरेका छन् । अर्पण कोइरालाको नाममा रहेको गाडी समेत ओलीले बैंकबाट लिलामको फर्जि कागजात तयारपारी आफ्नो नाममा नामसारी गरेको भन्दै अर्पण गाडी लिने दाउमा प्रहरीको शरणमा छन् । यसअघि नै कोइराला गाडी उपलब्ध गराईदिनु पर्यो भन्दै एसएसपी रमेश खरेलको शरणमा पुगेका थिए । 

चंडोलस्थित खुश्वुको घरबाट प्रहरीले गाडी बरामद गरेर हनुमानढोका ल्याएको थियो । तर खुश्वुले उक्त गाडी कोइरालाको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यालयबाट जारी बिलबुक एसएसपी खरेलको अगाडी पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए । खुश्बुको मायाँमा पागल भएका कोइरालाले आफूसँग बाँकी रहेको गाडी पनि खुश्वुले कब्जा गरेपछि हिस्स भएका थिए । तर यतिवेला भने खुश्वुका विरुद्ध प्रहरी लागेका कारण कोइरालाले पनि गाडी पाउने आश गरेका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget