news and more entertainment

आफन्तका सदस्यबीच मनमुटाव हुदा महिलालाई दिसा खुवाइयो

२२ असोज, म्याग्दी ।
म्याग्दीमा एक महिलालाई आज आफन्तले दुव्यर्वहार गर्दै दिसा खुवाएका छन् । 
SG Myagdi Disa Khouda Bilauna Gardai
बेनी नगरपालिका– ७ क्याम्पस चोककी ४२ वर्षीया कोपिला बानियाँलाई उनकी आमाजू र भान्जीले दिसा खुवाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बानियाँलाई स्थानीय ५० वर्षीया मैती थापा र २५ वर्षीया विस्सु केसीले दिसा खुवाएको प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताए । पसलमा बसिरहेकी बानियाँलाई दिसा खुवाएको जानकारी पाएपछि थापा र उनकी छोरी केसीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए ।

“दिसा खुवाउने र पीडित दुवै पक्ष प्रहरी कार्यालयमा छन्,” उपाध्यायले भने – “घटनाको कारण पत्ता लगाई दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ ।” थापा बानियाँकी आमाजू र केसी भान्जी पर्छिन् । उनीहरू छिमेकीसमेत हुन् । प्रहरी कार्यालयमा पुग्दासमेत बानियाँले लगाएको कपडा, अनुहार र छातीमा दिसा देखिन्थ्यो भने उनी रोइरहेकी थिइन् । उनको शरीर दिसाले दुर्गन्धित बनेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्नले बानियाँलाई दिसा खुवाएको स्वीकार गरेका छन् ।

आफ्नो चरित्र हत्या गर्न खोजेको विषयमा छलफल गर्न जाँदा बानियाँले अपशब्द प्रयोग गरेकाले आमाले दिसा खुवाएको प्रहरी कार्यालयमा पुगेका सञ्चारकर्मीलाई केसीले प्रतिक्रिया दिए । पीडित कोपिलाका श्रीमान् यामबहादुर बानियाँले एक वर्षअघि भान्जी विस्सुको बच्चा बिरामी हुँदा कोपिलालाई बोक्सीको आरोप लगाएपछि मनमुटाव भएको र सोही विषयलाई लिएर श्रीमतीलाई दिसा खुवाएको बताए ।

पीडित र पीडक पक्षका अनुसार यसअघि घरपरिवार र आफन्तका सदस्यबीच मनमुटाव साम्य पार्ने प्रयास भए पनि सफल हुन सकेका छैनन् । रासस

भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget