news and more entertainment

चकलेटी हिरो दिलिप रायमाझीले फेरी.. नन्दिता केसीसंग बिहे गर्ने ...

काठमाडौँ, 5  असार । अविवाहित नन्दिता केसीको ‘लोग्ने मान्छे’ को अन्तत: पहिचान खुलेको छ । अविवाहित भए पनि केहि समय अघि पत्रपत्रिकामा सेक्स सम्बन्धी आफ्नो धारणा अनुभवीले जस्तै गरि दिएर चर्चामा आएको नन्दिताको ‘लोग्ने मान्छे’ अरु कोहि नभएर अभिनेता दिलिप रायमाझी हुन् ।

खबर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर नझुक्किनुहोस नन्दिता र दिलिप पर्दामा मात्र लोग्ने स्वास्नी बन्न लागेका हुन् -फिल्म लोग्ने मान्छेमा । यो फिल्मलाई लय संग्रौलाले निर्देशन गर्नेछन् ।

साथीहरुसँग मिलेर लगानी समेत आफैं लगाउन लागेका निर्देशक संग्रौलाले ‘लोग्ने मान्छे’ सामाजिक विषयवस्तुमाथि आधारित हुने बताए । फिल्मको छायाँकन यहि साउनको अन्तिमबाट सुरु गर्ने निर्देशक संग्रौलाको योजना छ ।

‘लोग्ने मान्छे’को अन्य प्राविधिक तथा कलाकार फाइनल भैसकेको छैन । दिलिप र नन्दिताले यसअघि पनि केही फिल्ममा सँगै अभिनय गरेका छन् । एक सयमका हिट चकलेटी हिरो दिलिप र सुन्दरी हिरोइन नन्दिताबिच जोडी भने जम्न सकेको छैन । ‘लोग्ने मान्छे’ले यी दुईको जोडी जमाउला त ?

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget