news and more entertainment

करिश्मा भन्छिन् : कथाले माग्यो भने नाङ्गिन तयार छु...

चलचित्रले समाजलाई चित्रण गर्छ । त्यसैगरी नेपाली समाजमा महिलाको अवस्थालाई पनि चलचित्रले उजागर गर्न थालेका छन् । पछिल्लो समयमा नारीलाई मुख्य भूमिकामा उभ्याएर चलचित्र बन्न थालेका छन् । पहिले पनि महिलाको अवस्थालाई चलचित्रमा उतारिन्थ्यो । कुनै पनि समयमा महिलालाई चलचित्रमा कमजोर पात्रको रूपमा प्रस्तुत गरिएको पाइन्न ।


समयअनुसार महिलाको अवस्थामा पनि परिवर्तन आएको छ । यो परिवर्तनलाई चलचित्रले पनि समेटेको छ । समाज नै पुरुषप्रधान भएपछि चलचित्रमा पनि त्यहीअनुरूप देखाइने नौलो कुरा होइन । समाजका मानिस यस्ता छन् भनेर चलचित्रले देखाएको हो । १४ वर्षको उमेरमा चलचित्र उद्योगमा प्रवेश गरेँ । पछिल्लो चलचित्र 'वन वे' रिलिज भएको छैन ।

तर, अहिलेसम्म मलाई कसैले पनि यस्तो लुगा लगाऊ भनेर दबाब दिएको छैन। आवश्यकताअनुसारको पोसाक लगाउनैपर्छ। 'वसन्ती'जस्तो नारीप्रधान चलचित्र गर्दा पनि पुरु षले बन्दी बनाएको सिन छ। यो समाजको यथार्थ हो। महिलालाई समाजमा कमजोर बनाइएको छ। चलचित्रमा त्यसको वास्तविकतामात्र देखाइएको हो।

नेपाली चलचित्र उद्योगले २५ वर्षमा हरेक पक्षमा निकै फड्को मारेको छ। चलचित्रमा प्रयोग हुने सामग्रीदेखि कलाकारको भूमिकासम्म परिवर्तन भएको पाइन्छ। चलचित्र उद्योगमा प्रविधिदेखि भूमिकासम्ममा विकास भएको छ। पहिलेको तुलनामा धेरै विषयमा सजिलो भएको छ।

म 'सन्तान' चलचित्रबाट यस उद्योगमा प्रवेश गरेकी हुँ। भर्खर अभिनय सुरु गर्दाको समयलाई सुनौलो समयका रूपमा सम्झिन्छु। त्यति बेला हामीले धेरै मेहनत गर्नुपर्थ्यो । हरेक काम गर्दा शतप्रतिशत ध्यान दिएर गर्नुपर्थ्यो । अहिले नयाँ प्रविधिको विकासले चलचित्रका कामहरूलाई सहज बनाइदिएको छ। पहिले नेगेटिभमा छायांकन गरेर भारतको मुम्बई लगेर चलचित्र उत्पादन गरिन्थ्यो। डबिङ गर्दा सिनबिना नै साउन्ड ट्र्याकलाई पछ्याएर गरिन्थ्यो। तर, अहिले नेपालमै चलचित्र उत्पादन हुन्छ।


चलचित्र उद्योगमा भारत धेरै अगाडि छ। पहिलेका नेपाली चलचित्र भारतबाट उत्पादन गरिने भएकाले स्तरीय थिए। भारतमा धेरै व्यावसायिक प्राविधिकहरूबाट काम हुन्थ्यो। नेपालमा पनि नयाँ प्रविधिको विकास भएको छ। तर, यसका लागि दक्ष प्राविधिकको अभाव छ।

धेरै राम्रा र स्तरीय हल पनि बनेका छन्। यसले नेपाली चलचित्रलाई निकै फाइदा पुर्‍याएको छ। केही वर्षअघिसम्म चलचित्रको दर्शक काठमाडौंबाहिरमात्र छन् भन्ने मनस्थिति थियो। अहिले परिस्थिति फेरिएको छ। काठमाडौंमा बनेका नयाँ प्रविधियुक्त हलहरूले यहाँ पनि दर्शकको कमी नभएको भान गराएको छ।

आजभन्दा २०/२५ वर्षअगाडि एक वर्षमा चारपाँचवटा मात्र चलचित्र बन्थे। अहिले त सयभन्दा बढी बन्न थालिसकेका छन्। जति धेरै चलचित्र बन्यो त्यति नै प्रतिस्पर्धा हुन्छ र राम्रा चलचित्र निस्कन्छन्। चलचित्रले समाजलाई देखाउने हो।

समाजमा आएका परिवर्तनसँगै चलचित्रका विषयवस्तु र कथामा पनि परिवर्तन आएको छ। धेरै चलचित्रकर्मीले अरूभन्दा फरक गर्ने प्रयास पनि गरेका छन्। फरक गर्ने प्रयासमा कतिपय गलत बाटोमा पुगेका छन्।

कतिपय चलचित्रमा अनावश्यक कुराहरू पनि देखाइएको पाइन्छ। चलचित्र ग्ल्यामर फि ल्ड हो। तर यसको पनि प्रस्तुति सान्दर्भिक हुनुपर्छ। सान्दर्भिक प्रस्तुतिले मात्र दर्शकलाई छुन सक्छ। दुईचार वर्षयता चलचित्रको प्रस्तुति र कथावस्तुमा धेरै फरक शैलीको प्रवेश भएको छ।

यसबीचमा एउटा फरक खालको चलचित्र बनेपछि अरू पनि त्यसकै पछि लागेर उस्तै चलचित्र बनाउन लागिपरे। कतिपय चलचित्र राम्रै चले पनि र कतिपयले चलचित्रको संख्यामात्र बढाएर छोडे। यस वर्ष भने यसरी पछि लाग्ने संस्कृतिमा केही नियन्त्रण भएको छ। पछिल्लो समयमा चलचित्रमा पृथकता पाइन थालेको छ। समाज र मानवीय सम्बन्धभन्दा पर रहेर चलचित्र बन्नै सक्दैन।

प्रविधिको विकासले कलाकारको मेहनतमा भने कमी ल्याएको छ। १०/१५ वर्ष अगाडि कलाकारको नामले नै चलचित्र चल्थ्यो। तर, अहिले त्यो अवस्था छैन। राजेश हमालको नामले नै हल खचाखच भरिन्थ्यो। नेपालको चलचित्र उद्योगमा स्टारडम हटेको छ। अहिले चलचित्रको नामले मात्र यसलाई चलाउँछ। स्टारले चलचित्रलाई बोकेको हुन्छ।

चलचित्र उद्योगमा स्टारडम हुनैपर्छ, स्टारडमले नै यसको सबै पक्षलाई बलियो बनाउँछ। अहिले चलचित्रमा रहरको भरमा लाग्नेहरूको कमी छैन। मैले 'सन्तान' चलचित्रमा स्क्रिन परीक्षण दिएर काम गरेपछि अर्को चलचित्रमा काम गर्न फेरि स्क्रिन परीक्षण गर्नु परेको थियो। केही वर्षयता प्राय: चलचित्रमा नयाँनयाँ अनुहार देखिन्छ। नयाँ कलाकार आउनु राम्रो हो। तर, नयाँसँगै योग्य भए राम्रो हुन्थ्यो।


अहिले वर्षमै धेरै चलचित्र बन्छन्, केहीमात्र चल्छन्। नेपाली चलचित्र उद्योगमा लगानीकर्ताको आकर्षण अझै पनि राम्रो छ। यस क्षेत्रमा आकर्षण त छ तर बजार बुझेर लगानी गर्ने लगानीकर्ताको कमी छ। व्यावसायिक हिसाबले बजार विस्तार गर्न सक्नुपर्‍यो। नेपाली चलचित्रलाई नेपालका हलभित्र मात्र सीमित नगरी विदेशमा पनि विस्तार गर्नुपर्छ।


लगानीकर्ताले नै लगानी गरेर सुरक्षित हुने बाटो खोज्नुपर्छ। अब विदेशमा पनि बजार विस्तार गर्ने योजना बनाउनुपर्छ। त्यसैगरी महिलाका विषयवस्तुलाई चलचित्रमा अझै सशक्त ढंगमा प्रस्तुत गर्न सक्नुपर्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget