news and more entertainment

पूर्वयुवराज पारसलाई निर्मल निवासमा बस्न नदिने

५ साउन, काठमाडौं । थाइल्यान्डमा बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भएपनि परिवारमा उनी पुनस्थापना हुने सम्भावना अत्यन्त न्यून देखिएको छ । नेपाल आएपछि पारसले निर्मल निवासबाहिरै बास खोज्नुपर्ने अवस्था रहेको स्रोतले बताएको छ ।
पारसको भिसा अवधि साउन २१ मा सकिँदैछ । अन्नपूर्ण पोस्टमा खबर छ ।
सो समय अघि नै पारस नेपाल र्फकने सम्भावना रहेको छ । अहिलेको स्थितिमा उनी पूर्वराजपरिवारमा फर्किने सम्भावना नभएको निर्मल निवास स्रोतले बतायो । यसबारे पारसलाई पनि जानकारी दिइसकिएको
पत्नी हिमानीसँगको तिक्त सम्बन्ध र थाइल्यान्डमा प्रेमिकासँगको सहवासका कारण पनि पारसको सम्बन्ध पूर्वराजपरिवारसँग सौहार्द नरहेको दाबी उनी निकटवर्तीले गरेका छन् । उनलाई पूर्वयुवराजका रुपमा सरकारले दिने सुरक्षा सुविधा पनि कटौती भइसकेको छ । पारसका निकटवर्तीले उनको नेपाल आगमन तथा सम्भावित बसाइप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
पारस शाह हृदयघातका कारण गम्भीर अवस्थामा बैंककस्थित अस्पतालमा भर्ना भएका बेला पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल परिवारका सबै सदस्यसहित त्यसतर्फ गएका थिए । स्रोतका अनुसार त्यहाँको उपचार तथा बसाइका क्रममा मितव्ययी र सामान्य खर्च परिवारबाट प्राप्त भए पनि विभिन्न कारणले पारस र ज्ञानेन्द्रको सम्बन्ध मधुर नभएको अडकलबाजी बाहिर छ । पूर्वराजा ज्ञानेन्द्र परिवारसँग प्रायः निर्मल निवासमा, यदाकदा नागार्जुन, शिवपुरी र सिमरामा समय विताउँदै आएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ज्ञानेन्द्र निर्मल निवासबाट अर्को साता केही दिनका लागि नागार्जुन जाने भएका छन् ।
गाँजासम्बन्धी विवादका कारण गत साता पारस थाइल्यान्डमा पक्राउ परेको समाचार पनि सार्वजनिक भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget