news and more entertainment

क्रिस्चियन अञ्जु पन्तले हिन्दुवादी भन्दै दशैंको गीत गाउन मानिनन्

Singer Anju Panta 
नेपाली सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्तले दशैंको गीतलाई हिन्दुवादी गीत भन्दै गाउन अस्वीकार गरेको खुलासा भएको छ । चर्चित रचनाकार एवं नेपाली कला डटकमका सम्पादक सूर्यकुमार क्षेत्रीका अनुसार गायिका अञ्जु पन्तले गीतकार सहदेव कोइरालाको रचनामा रहेको गीत नगाउने भन्दै स्टुडियोबाटै फर्केकी हुन् ।   

नेपाली भाषामा हजारौं गीत गाइसकेकी अञ्जुले दशैंको गीत गाउन भने अस्वीकार गरेकी हुन् । यस्ता गीत गाउन आफू जस्ता ब्यवसायीक कलाकारले नमिल्ने भन्दै गाउन अस्वीकार गरेको सम्पादक क्षेत्रीले जानकारी दिए । मालश्री रेकर्डिङ स्टुडियोमा गीत गाउन पुगेकी अञ्जुले गीतको बोल सुनेपछि गीत नगाउने भन्दै हिँडेको गीतकार कोइरालालाई उद्धृत गर्दै सम्पादक क्षेत्रीले बताए ।  

  दुर्गामाताको आशिर्वाद बोलको गीत अञ्जुले गाउन अस्वीकार गरेकी हुन् । अञ्जु क्रिष्चियन धर्मकी अनुयायी हुन् । उनले आफू चर्चमा गएर प्रवचन सुन्ने गरेको त सार्वजनिकरुपमै बताउँदै आएकी छिन् तर गीतलाई नै हिन्दुवादी भनेर गाउन अस्वीकार गरेको भने संभवत पहिलो घटना हो । संभवन नेपालमा कसैले पनि धर्मको आधारमा गीत गाउन अस्वीकार गरेको समेत यो पहिलो घटना हुन सक्छ । यस विषयमा जानकारी लिन गायिका अञ्जु पन्तसँग सम्पर्क गर्न खोजेको नेपाली हेडलाइन्सको प्रयास सफल हुन सकेन ।  -
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget