एउटै फिल्मको ५० औं करोड लिने सञ्जय दत्तको कमाइ ५० रुपैयाँ
बलिउड अभिनेता सञ्जय दत्त जेल जानु भन्दा अगाडि एउटा फिल्ममा अभिनय गर्दा करोडौ लिने गर्थे । तर आजभोलि भने उनलाई जेलमा दिनभर शारीरिक श्रम गर्दा पनि ५० रुपिया मात्र मिल्ने गरेको बताइन्छ । जेल जानु भन्दा पहिला सञ्जय द्त्तले करिब ४० करोडमा विदेशी शानदार कार किनेका थिए । जुन कार ज्यादै धनीहरुसँग मात्र हुने गर्दछ । सञ्जय दत्तको सुविधाजनक 
लाइफस्टाइलका तस्विरहरु पनि धेरै नै देख्न पाइन्छ । तर आज स्थिति अर्कै छ । जब उनी जेलमा गए तब उनलाई कागजको थैली बनाउने काम दिइयो , जसको लागि उनलाई प्रति दिन १५ रुपिया दिइन्थ्यो । तर अहिले भने उनको तलब बढेको छ । सञ्जय दत्त जेलमा मन लगाएर काम गर्ने गर्छन । यही कारणले उनको कमाई १५ बाट बढाएर ४० पुर्याइयो र अहिले भने ५० रुपिया प्रतिदिन भएको छ ।
Post a Comment