प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बैंग बैंग’को प्रमोशनको अवसरमा पत्रकारसँग कुरा गर्दै उनले आफुलाई सामाजिक सञ्जालमा गरिएको टिप्पणीले दिक्क बनाउने बताएकी छिन् ।
‘मलाई केही भन्नु छ भने यस्तै कार्यक्रममा भन्नुस्, सामाजिक सञ्जाल मार्फत घुमाउरो तरिकाले किन गाली गर्नुपर्यो ।’ उनले भनिन् । सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा केही नसोध्ने तर, पछि टिप्पणी गर्ने प्रवृत्ति आफुलाई मन नपर्ने उनको भनाई थियो ।
केही ब्यक्तिले कलाकारको विषयमा हल्का टिप्पणी गरेर उनिहरुको मानमर्दन गरेको अनुभव गरकी कट्रिनाले यस्तो प्रवृत्तिले कसैलाई पनि फाइदा नहुने बताइन् ।
Post a Comment