निकै चर्चामा आउनुभएकी मोडल/नायिका तिर्सना बुढाथोकी पछिल्लो समयमा के मा व्यस्त हुनुहुन्छ ? मेरो व्यस्तताको कुरा गर्दा म अहिले त्यति व्यस्त छैन । नयाँ म्यूजिक भिडियोहरूको अफरहरू आइरहेको भएपनि मैले काम गरेकी छैन । पछिल्लो केही समय यता म भिडियोहरूमा काम गर्नु अगाडी सोचेर वा छानेर मात्र गर्न थालेकी छु । त्यसकारण मैले भनेजस्तो म्युजिक भिडियोको अफर नआएकोले पनि म त्यति ब्यस्त छैन । यसको मतलव म ठूली मान्छे भएकी भने होइन । त्यसो भए किन आएको अफरलाई छोडेको त ? मैले धेरै म्युजिक भिडियोहरूमा काम गरेकी छु तर अधिकांश भिडियोहरू रिलिज नै भएका छ्रैनन् । त्यसले गर्दा मेरो कामको अर्थ मैले नै नपाइरहेको अनुभुती भइरहेको छ । त्यसले गर्दा पनि काम सकिसकेपछि रिलिज भइहाल्ने खालको काम खोजेकी हुँ । धेरै बरिष्ठ दाइहरूले काम गराउनुभएको भिडियोसमेत समयमा रिलिज नभएकोले म पीडित नै बनेकी छु । त्यसले गर्दा अब काम गर्दा विचार पुर्याएर मात्र गर्न खोजेकी हुँ । आएको काम गर्नुहुँदोरहेनछ के गर्नुहुन्छ त अब ? होइन काम नगर्ने भन्ने कुरा यो होइन, गरेको काम सार्थक होस् भन्ने मेरो भनाई हो । मैले भर्खरै पनि एउटा ‘सर्ट मुभी’ गरेर सकाएकी छु । यो दसैंलगत्तै म एउटा चलचित्रका काम गर्ने पक्का भइसकेको छ । निरज घिमिरेको निर्देशनमा बन्न लागेको त्यो चलचित्रमा दुईजना नायिका रहने र त्यमा एक जना म पक्का भइसकेको छु । त्यसलगत्तै तिहारपछि पनि दुईओटा चलचित्रमा काम गर्नेछु । काम त म गर्छु नै तर गरेको काम राम्रो होस् भन्ने हो । धेरै म्यूजिक भिडियो, केही चलचित्र र केही विज्ञापनहरूका आफ्नो अभिनय÷कला प्रस्तुत गरिसक्नुभएकी तपाईको कलाकारिता वा अभिनयको यात्रा कहाँबाट कसरी सुरु भयो नि ? सुरुमा मैले स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘सराग पिउन जाऊँ’ बाट मैले मोडलिङ क्षेत्रमा हात हालेकी हुँ, तर दुर्भाग्य भन्नुपर्छ मैले त्यसलाई त्यो भिडियो अहिलेसम्म पनि रिलिज भएको छैन । त्यसपछि लोक दोहोरी गीत ‘रोएर हिँड्न सकिनँ’ मा पनि मैले मोडलिङ गरेकी छु । त्यसपछि ‘मेरो मुख देख्न पाउँदैनौ कि कतै !’ बोलको लोकदोरीमा हालका नायक धीरेन शाक्य र म लगायतले अभिनय गरेका छौँ । यसरी मैले ४–५ वटा लोकदोहोरी र धेरै आधुनिक गीतहरूमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छु । अबचाहिँ म अलि आईडल बन्ने कोशिस गरिरहेकी छु । कस्तो आईडल बन्ने त ? होइन मैले धेरै कामहरू ग्रिसकेकी छु, काम गरेअनुसार दाम कमाउन नसकेक्नेहरूमध्येको म पनि एक हुँ । अबचाहिँ अलि बढी नै चर्चित हुने खालको र दाम कमाउन सकिने खालको काम गर्न चाहान्छु । जसले मेरो करियरलाई टेवा पुर्याउन सकोस् । पहिचान बनाउने वा ‘चर्चित’ हुने नाममा तपाइँ अलि बढी उदार हुँदै आउनुभएको छ, भनिन्छ किन त्यसो गरिरहनुभएको छ ? मैले गरिरहेको काम राम्रो बनाउनका लागि मिहिनेत गर्नु मेरो कर्तव्य हो । त्यही मिहिनेतलाई कसैले उदारका नाममा नकरात्मक रुपले हेर्छ भने मेरो भन्नु केही छैन । त्यही पनि मैले त्यस्तो के नै पो गरेकी छु र ? जसले मलाई उदार बनायो । केही समयअघिमात्रै तपाइँले क्रिकेटको जर्सी लगाएर खिचाउनुभएको तस्बिर, त्यसपछि तपाइँ आफैले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको अर्धनग्न तस्बिरहरू चाहिँ के को लागि मिहिनेत गर्नुभएको नि ? मेरो जतिपनि तस्बिरहरू सार्वजनिक भएका छन् ति सबै सामान्य छन् । कोही महिलाले तल पूरै कपडा लगाएकी छिन्, माथितिर हाफ गाउन लगाएकी छिन् भने हाफ गाउनभन्दाको भागलाई अश्लिल बन्नु कतिको न्याय हुन्छ मलाई थाहा छैन । तर, मैले पनि गरेकी त्यही हो । हाफ गाउनभन्दा माथिको भागमात्रै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिएँ । त्यसैलाई तिर्सनाको अर्धनग्न तस्बिर आयो भन्नुचाहिँ ठिक होइनजस्तो मलाई लाग्छ । तर म के भन्न सक्छु भने त्यो तस्बि देख्दाखेरी न्यूड नै देखिन्थ्यो, अर्धनग्न वा नग्न थिएन । मैले फोटो सार्वजनिक गर्दा मिडियामा के कुरा आयो भन्नुभन्दा पनि म एउटा मोडल/नायिका भएको हिसावले नर्मल नै हो । अझै मेरो त्यो भन्दा हिट तस्बिरहरू त आउननै बाँकी छ । तपाइँ आफै चर्चा कमाउनका लागि विभिन्न खालका तस्बिरहरू सार्वजनिक गर्ने, त्यस विषयमा समाचार बनाउँदा मिडिया वा मिडियाकर्मीहरूलाई गाली गर्नुभयो नि, किन हो गाली गरेको चाहिँ ? मैले कुनै पनि मिडिया वा मिडियाकर्मीहरूलाई कुनै पनि खालको गाली गरेकी छैन । मिडियालाई धेरै माया गर्ने मध्येकी एक कलाकार म पनि हुँ । मिडियाकै माध्यमबाट आज म यो ठाउँसम्म आइपुगेकी छु भने मैले किन गाली गर्ने ? अझै कति सहकार्य गर्नै बाँकी छ । अर्धनग्न तस्बिसँगै लेखिएको ‘मेरो जस्तोसुकै तस्बिर आओस् मिडियालाई के को चासो’ भन्ने कुराचाहिँ मिडियाप्रेमी नै थियो हो ? त्यो कुरा मैले त्यो सेन्समा लेखेकी थिईनँ । मैले त मिडियाले मेरो बारेमा आलोचनात्मक टिप्पणी किन गर्नुपर्यो भन्ने आशयले लेखेकी थिएँ । कसैले मिडियाको विरोधी भनेर पनि अर्थ लगाएछन् । वास्तवमा मैले मेरो आलोचना नचाहेर त्यो लेखेकी थिएँ । मिडियाले नै प्रचार गरेर मलाई यहाँ पुर्याएको छ भने मिडियालाई म किन गाली गर्छु र । मैले खिचेको फोटो मिडियाले नै चर्चा गरेपछि त म चर्चामा आइरहेकी छु नि । जसले विरोधीको अर्थ लगाउनुभएको छ, त्यो गलत हो । त्यसो भए तिर्सना बुढाथोकी पनि एक ग्ल्यामर नायिका हो भनेर चिनिन पाए हुन्थ्यो जस्तो तपाइँलाई लागेको छ हो ? पक्कै पनि । म अझै ग्ल्यामर तस्बिरहरू दिन चाहान्छु, यसअघि आएका म प्रतिको नकरात्मक समाचारहरूबाट म डराएको छैन । बरु थप हौसला थपिएको छ । यो मात्रै होइन मेरो धेरै ग्ल्यामर तस्बिरहरू देख्न पाउनुहुनेछ । विभिन्न समयमा सार्वजनिक भएका तपाइँका तस्बिरलाई हेरेर मानिसहरूले तिर्सना बुढाथोकी अब भारतकी पुनम पाण्डे बन्न लागिन, अब पुनमको ठाउँमा तिर्सनालाई हेरे पुग्ने भो पनि भने, पुनम नै बन्ने हो र तपाइँ ? जसले मेरो तस्बिरको यस्तो मूल्याङ्कन यसरी गर्नुभयो उहाँलाई धन्यवाद् । म पुनम पाण्डे नभएर उहाँजस्तै बनेर चर्चा कमाउन पाए त धेरै राम्रो हुन्थ्यो । तर मैले पुनम पाण्डेका तस्बिरहरू हेरेकी छैन । मिल्न गएछ क्यारे । जे होस् मेरो दर्शकको आँखामा पुनम पाण्डेभन्दा अगाडी म पर्न पाए धेरै धेरै राम्रो कुरा हो । कलाकारिता वा मोडलिङको क्षेत्रमा लाग्ने विशेषगरी महिला कलाकारहरू आफू चर्चामा आउन बेला–बेलामा विभिन्न खालका स्क्यान्डलहरू मच्चाइरहेका हुन्छन् । चर्चामा आउन ‘स्क्यान्डल’ मच्चाउने कि कला देखाउने ? हामीले देखाउने त कला नै हो । तपाइँले भन्नुभएजस्तो विभिन्न खालका स्क्यान्डल मच्चाउनु पनि हाम्रो कला हो । त्यसलाई हामीले नकरात्मक रुपमा किन लिने ? मैले मेरो शरिर ‘शो’ गराउँदैछु भने त्यसलाई पनि त कसरी कलात्मक पारामा प्रस्तुत गर्ने भन्नेमा हाम्रो ध्यान धेरै केन्द्रित भएको हुन्छ । म एउटा कलाकार हुँ । मैले सामान्य खालका तस्बिरहरू मात्रै खिचाएर र प्रस्तुत गरेँ भने म कसरी चर्चामा आउन सक्छु । मैले अलिकति कलात्मक तस्बिरहरू खिचाएँ भने त्यसलाई स्क्यान्डल भन्ने त ? तपाइँ चलचित्र उद्योगको अन्तर्राष्ट्रिय बजारलाई हर्नुहोस् न त्यहाँ कति धेरै न्यूड फोटोहरू खिचाइएका हुन्छन् तर ति सबै अश्लिलमात्रै हुँदैनन् धेरै तस्बिरहरू कलात्मक छन् । त्यसैले त नेपालको तुलनामा अन्य देशका चलचित्र उद्योग वा कलाकारिताको सिङ्गो क्षेत्रनै फस्टाएको छ नि । तर विदेशमा जस्तो भल्गारिटी यहाँ पच्दैन, त्यो मलाई थाहा छ र म त्यस्तो चाहिँ गर्दिनँ पनि । -
कलाकारहरू भनेका समाजका ऐना हुन् । तपाइँहरूले दिने सूचना र सन्देश कुनै पनि समाजका लागि ठूलो मार्गदर्शक बन्न सक्दछ । तर तपाइँले प्रस्तुत गरेको ग्ल्यामर तस्बिरको अर्थ सामान्य समाजका लागि के हो र ग्ल्यामर दिँदा समाजप्रति कति सचेत हुने गर्नुभएको छ ? हामीले गरेको कुनै पनि क्रियाकलापबाट हाम्रो समाजमा नकरात्मक सूचना प्रवाह भएको छैन, यो म दाबीका साथ भन्छु । किन भने हामीले ग्ल्यामर नदिएपनि अहिलेको समाजले सबै कुरा हेर्न पाएको छ । अन्तर्राष्ट्रिय कला क्षेत्रको तुलनामा त नेपाल पुगेकै छैन भने हामीले के देखाउन सक्छौँ र ! अहिलेको समाजले विभिन्न खालका टेलिभिजन र अन्तर्राष्ट्रिय चलचित्रहरू हेर्न पाएकै छन् । त्यहाँ देखाइने वा प्रस्तुत गरिने सामग्रीहरू कति भल्गर हुन्छन् । आखिर त्यो पनि त यही समाजकै लागि त हो नि । भनेपछि त्यसको तुलनामा त हामीले के त्यस्तो गरेका छौँ र जसले समाजलाई नकरात्मक असर गरिरहेको छ । होइन राष्ट्रिय वा अन्तर्राष्ट्रिय जसको कुरा गरेपनि त्यो टेलिभिजन वा चलचित्रको पर्दामा देखिने त तपाइँ वा तपाइँहरूकै भूमिका त हो नि ? हा…हा…हा… हामी मात्रै कहाँ हौँ र विभिन्न टेलिभिजन च्यानलहरूले विभिन्न खालका कार्टुन चित्रहरू बनाएर प्रस्तुत गरेका हुन्छन् । जहाँ मानव शरिरमा जहाँ जहाँ जे जे अंगहरू हुनुपर्ने हो त्यो त्यहीँ त्यहीँ छर्लङ्गै देखाइएको हुन्छ । ति कार्टुनहरूमा फुल न्यूड आर्टिस्टिक तस्बिरहरू देखाइएको हुन्छ । त्यसले पनि हाम्रो समाज प्रभावित छैन भन्न हामी सक्दैनौँ भने हाम्रो ग्ल्यामरले हाम्रो समाजलाई खास नकरात्मक असर पारिरहेको छ भन्ने कुराप्रति म विश्वास गर्दिनँ । मेरो सन्दर्भमा भन्नुहुन्छ भने त्यस्तो मैले देखाएकै छैन, अझै देखाउन बाँकी छ, हेर्दै जानुस् अहिलेसम्म मेरो अर्धनग्न तस्बिर हेर्नुभएको छ, अब पूरै नग्न तस्बिर हेर्न पाउनुहुनेछ, तर त्यसमा कलात्मकता हुनेछ । अर्थनग्न तस्बिर त आफैले खिँचे भन्नुभयो, नग्न तस्बिर खिचाउनु अली बढी सम्वेदनशील पनि देखिन्छ । यो पूरै नग्न तस्बिर खिच्न त अन्य कोही फोटो ग्राफर चाहिएला नि, कस्ता फोटोग्राफर छान्नुहुन्छ ? फोटोग्राफर त अवश्य पनि चाहिन्छ, तर कस्तो चुज गर्ने भन्ने कुरा हो । सकेसम्म नजिकका साथीहरू भए राम्रो हो कि जस्तो लागेको छ । अर्को कुरा व्यवसायिक फोटोग्राफर र फोटो खिचाउने कलाकारका बीचमा एउटा अन्डरस्ट्न्डिङ जरुरी छ । हरेक कुरामा नकरात्मक सोच मात्र राखेर हुँदैन । त्यसमा पनि हामी कुनै काम गरिरहेका छौँ भने त्यसैमा ध्यान केन्द्रित हुनु पनि त जरुरी छ नि, नानाभाँती कुरा सोचेर हुन्छ त । सञ्चारमाध्यमको सहयोगले नै कलाकारहरू हिट वा फ्लप हुने कुरामा तपाइँले पनि सही लगाउनुभएको छ, तपाइँको विचारमा आमसञ्चारमाध्यमविना कलाकारिताको भविष्य कस्तो हुन्थ्यो होला ? म मिडियालाई सल्युट गर्ने मान्छे हुँ । त्यसकारण मिडियाविनाको कलाकारिता मैले सोचेको छैन । केही सञ्चारमाध्यमहरूले नैतिक चरित्रहत्या गर्ने गरेका छन् । कतिपय पत्रकारहरूले म माथि ब्याकमेलिङ पनि गरिरहेका छन् । यस्तो कुराबाटचाहिँ म अली पीडीत बनिरहेकी छु । कलाकारिताको क्षेत्रमा नलाग्नुभएको भए कहाँ भेटिन्थ्यो तिर्सनालाई ? म फुल्ली विजिनेसम्यान हुन्थेँ होला । यद्यपि अहिले पनि म साइडमा विजिनेसनै गरिरहेको छु । आधुनिक गीतबाट मोडलिङ यात्रा सुरु गर्नुभयो, अहिले चलचित्रमा पुग्नुभएको छ, तपाइँलाई चिन्दा माडल कि नायिका त ? म त मोडलभन्दा कुशल नायिका भनेर चिनिन चाहान्छु । त्यसका लागि मिहिनेत गरिरहेको छु । मेरो सफलतामा तपाइँहरूको ठूलो हात हुनेछ । र अपेक्षा पनि गरेकी छु । तर मैले कलाकारिता यात्रा आरम्भ गरेको मोडलिङ क्षेत्र पनि म छोड्दिनँ । मोडलिङ मलाई धेरै मन पर्ने क्षेत्र हो । यद्यपि दुईओटै क्षेत्र मेरा लागि ‘ट्रायल पिरियड’ हो । जुनमा सुड हुन्छु त्यही अपनाउँछु । मोडल र हिरोइनबीचमा के अन्तर छ र ? एउटा त रेस्पेक्ट नै हो । त्यसमा अर्को के कुरा छ भने एउटा राम्रो शरिर भएको मान्छे मोडल बन्न सक्छ भने त्यही मान्छे हिरोइन नबन पनि सक्छ, हिरोइन हुनका लागि साहस र कला दुईवटै आवश्यकता पर्छ । तिर्सनाको बिहे भयो ? छैन अविवाहित मानिसलाई प्रेमको बारेमा के थाहा हुन्छ ? धेरै कुरा थाहा हुन्छ । प्रेमको सम्बन्धमा सबैभन्दा धेरै म्यारिडको तुलनामा अनम्यारिडलाई नै थाहा हुन्छ । त्यसोभए प्रेम के हो त ? खै के हो ! यसको अर्थ सबै मानिसहरू आ–आफ्नै ढंगले लगाएका छन्, आफूले त प्रेम गर्ने मान्छे नै भेटेकी छैन । तर व्यक्ति–व्यक्तिबीचको विश्वास नै प्रेम हो जस्तो लाग्छ । त्यही विश्वास मैले अहिले युएसमा रहनुभएको एकजनाबाट पाइरहेकी छु । नाम त अहिले नभनीहालौँ तर उहाँले मलाई धेरै माया दिइरहनुभएको छ । एउटा मान्छे जन्मिएदेखि मृत्युपर्यन्त जे–जे गर्नुपर्ने हो ति सबै कुराको संस्कार सिकाउने कलाकारिता वा भनौँ नेपाली परिवेशमा अधिक मायाप्रेमको बारेमा सिकाउने कलाकारिता यही क्षेत्रमा लागेका मानिसहरूको चाहिँ प्रेम वा वैवाहिक सम्बन्ध राम्रो नभएको पाइन्छ, अरुलाई सिकाउनेहरूले आफू प्रेम गर्न जान्दैनन् कि क्या हो कलाकारहरूले ? यो विषयमा त नबोल्दै उचित हुनेजस्तो मलाई लागेको छ । यद्यपि तपाइँले उल्लेख गर्नुभएको घटनाक्रमलाई हेर्दा यो क्षेत्रमा आएको एउटा विकृतिको नमूना हो । हाम्रो कलाकारिता क्षेत्रको स्तर र मानसिकताको उदाहरण पनि हो । किन भने कुनै एउटा राम्रो सन्देश दिने मान्छे आफैको मन राम्रो हुँदैन । चलचित्रमा भएगरेका र भोगाईका विषयवस्तुहरू समावेश गरिने भए पनि त्यहाँ प्रस्तुत हुने पात्रहरूको फिलिङ्स नै सूचना वा सन्देश बनेर प्रवाहित भएको हुन्छ । त्यहाँ कतिपय कुराहरू आदर्श प्रस्तुत गरिएका हुन्छन् । त्यस्तै कलाकारहरूको जीवनमा पनि आदर्श र स्वार्थले भरिपूर्ण भएपछि कहाँ राम्रो हुन्छ त ? एउटा रेष्टुरेन्टमा हेल्परका रुपमा काम गर्ने केटी अनुहार राम्रो भयो भने त्यसैलाई हिरोईन बनाईदिने वा यस्तै यस्तै गर्नाले यो क्षेत्र पनि वदनाममा परेको छ । मानिसको क्षमता, कला र कौशलको वास्तै नगरी गोरो अनुहारलाई हेर्ने गर्नाले यस्तो भएको हुनुपर्छ । तपाइँ प्रेममा नपरेपनि परिपक्व भइसक्नुभएको छ, यतिबेला तपाइँलाई सहवास (सेक्स) को बारेमा पनि धेरै कुरा थाहा भइसकेको हुनुपर्छ, तपाइँलाई सेक्स के हो जस्तो लाग्छ ? यो कुरा मैले भनिरहनु नै पर्दैन नि सबैलाई थाहा छ, यो प्रकृतिले दिएको वरदान हो, यसलाई अपनाउनुको विकल्प नै छैन । तर म ढाँटेर के भन्न चाहन्न भने यो कुरा मलाई थाहा छैन । म एक परिपक्व युवती हुँ । यसको अनुभव त भइ नै हाल्छ । तर पनि सम्बन्ध र अनुभव छ भन्दैमा यसलाई म ठूलो रुपमा लिन चाहदिनँ । यो नर्मल कुरा हो, तर सेक्सलाई ब्ल्याकमेलिङ चाहिँ गर्न हुन्न । कोही विपरित लिङ्गीप्रति आकर्षण बढ्छ र इच्छा छ भने कसैले बल गर्नै पर्दैन, त्यो आफै हुन्छ । तर, इच्छा नै छैन भने कसैले टाउकै फुटाएर पनि हुन सक्दैन । सेक्स भनेको इच्छा हो, इच्छा लाग्दा वा प्यास लाग्दा हामी जसरी पानी पिएर तिर्खा मेट्छौँ, हो त्यस्तै हो सेक्स पनि, चाह भएको बेलामा चाह पूरा गरिन्छ । यसको विभिन्न तरिका हुन्छन्, त्यो मानिसले आवश्यकता अनुसार प्रयोग गर्दछन् । मन मिले सेक्स हुनसक्छ भन्ने तिर्सनाले जबरजस्ती करणी गर्नेलाई के भन्नुहुन्छ त ? त्यो त यौन हिंसा भइहाल्यो नि । यस्तो गर्नेलाई कडा भन्दा कडा कानून बनाएर कारवाही गर्नुपर्छ र यस्तो घटना घटन दिनुहुँदैन । यस्तो घटना भनेको सामाजिक रुपमा बहिष्कृत घटना हो यसलाई प्रश्रय कहीँकतैबाट पनि दिनुहुँदैन । अविवाहिता तिर्सनाले विवाह गर्दा बस्तो पुरुष छान्नुहुन्छ ? मलाई बुझ्ने खालको पुरुष नै मेरो श्रीमान् बन्न सक्दछ । मलाई बुझ्ने भन्दैमा फेरी मेरो अगाडी आएर हेर तिमिलाई म धेरै माया गर्छु, म तिमिलाई बुझ्छु, तिम्रो लागि म जे पनि गर्छु भनेर मात्रै चाहिँ पुग्दैन । मेरो आफ्नो लेभलकै भए राम्रो, त्यसमा पुरुष मान्छे केटीको तुलनामा अलि हाई लेभल भएकै राम्रो हुन्छ जस्तो लाग्छ र त्यस्तै, मैले गरेको रेस्पेक्ट राम्रोसँग बुझ्ने र मलाई पनि रेस्पेक्ट गर्न जान्ने खालको पुरुष पाए साहेद विवाह जुर्न पनि सक्छ । महिला कलाकारहरू आफू चर्चामा आउन नाङ्गिएर वा कुनै हर्कत देखाएर स्क्यान्डल मचाउँछन्, तर पुरुषहरूले प्रायः त्यसो गरेको पाइँदैन । पुरुषले चर्चा कमाउनका लागि तिर्सनाको केही टिप्स छ ? हा…हा…हा… खतरा (फिगर) ज्यान र बवण्डर मच्चाउने खालको स्वभाव देखाउँदा राम्रो होला । जस्तो भारतमा साहरूख खानको कति चर्चा छ, वा अमिताभबच्च्नको, हो त्यस्तै हुनुपर्यो भइहाल्छन् नि हिट ? पुरुष प्रधान देशमा हिट हुने टिप्स नै मैले दिएँ भने त कतै मै मुर्गा पो बनुँला कि हा…हा… । नेपालमा कलाकारिताको भविष्य कस्तो देख्नुहुन्छ ? राम्रो काम गर्नेलाई राम्रै, नराम्रो गर्नेलाई नराम्रै छ । अवसर कम छ, त्यसका लागि अवसर क्रियट पनि गर्नुपर्ने देखिन्छ । काम गर्नेले माम खान पाउँछ, यति भएपछि त पुगिहाल्ला नि । कलाकारलाई सम्मान र प्रोत्साहनको अवस्था नि ? कलाकारको सम्मान आंशिक रुपमा छ । तर प्रोत्साहन फिटिक्कै छैन । काम गर्न लाग्यो भने खुट्टा तान्ने प्रवृत्तिले नेपाल र नेपालीलाई ग्रसित बनाएको अवस्था छ । राम्रो कामको सम्मान र प्रोत्साहनका लागि कतिपय मिडियाहरूले पनि नकरात्मक रोल खेलिदिनाले हामी कलाकारहरू प्रायः मारमा नै परिरहेका छौँ । विदेशमा जस्तो हाम्रोमा कलाकारहरूलाई सम्मान गर्ने वा प्रोत्साहन गर्नेखालका सञ्चारमाध्यमहरूको कमी छ । पछिल्लो समयमा आएको केही माधयमहरू पनि नातावाद वा स्वार्थवादमा लिप्त छन् । यस्तो अवस्थामा कलाकारको प्रोत्साहन हुन सक्दैन । तर कलाकारको सम्मान गर्न कलाकारकै सुझावमा वर्गीकरणको कुरा भइरहेको छ नि, यो त सकरात्मक कुरा होला नि तपाइँहरूका लागि ? सकरात्मक वा नकरात्मक केलाईरहनु भन्दा पनि कलाकारको वर्गीकरण हुनहुँदैन भन्ने मेरो मान्यता छ । किन भने संसारमा कहीँ नभएको त्यो पनि विभेदकारी काम वा कुरा गरिन्छ भने त्यो कदापी राम्रो हुन सक्दैन । राम्रो कुरा हो भने तिर्सनाको स्यालुट छ । विभेदकारी वर्गीकरण भयो भने राम्रा कलाकारहरूले अवसरबाट बञ्चित हुनुपर्यो भने, एउटा क्षमता वा कला नभएको मानिसहरूले बढी प्रवेश पायो भने त्यो राम्रो हुन सक्दैन । कलाकारिता क्षेत्रको समस्याबारे केही थाहा छ ? समस्या भनेको असली कलाकारको सम्मान नै हो । यसो भन्दैमा वर्गीकरणले यो समस्या न्यूनिकरण गर्छ भन्ने पक्षमा म छैन तर कला नहुने तर पैसा हुने रातारात हिट, कला हुने तर पैसा नहुनेहरू क्षणभरमै गुमनाम हुनु नै यो क्षेत्रको मुख्य समस्या हो जस्तो लाग्छ । अझ अर्को कुरा डाईरेक्टर र प्रड्युसरसँग घुम्ने जो कोही महिला दिदीबहिनीहरू कलाकार बनेको देख्दा मलाई उदेग लाग्छ । डाईरेक्टर, प्रड्युसरसँग घुम्ने मात्र होइन ओछ्यानसमेत तताउनुपरेको घटनाहरू बरम्बार आइरहन्छन् नि ? त्यस्ता धेरै घटनाहरू छन् । राम्रो राम्रो डाईरेक्टर र प्रड्युसरहरूले नै त्यस्तो काममा महिलाहरूलाई प्रयोग गरेको मैले पनि पाएको छु । यतिसम्म कि म आफै त्यसको पीडित पनि हुँ । मलाई पनि त्यस्ता खालका प्रस्तावहरू आएका थिए र तर मैले इन्कार गरिदिएँ । उहाँहरू भन्नुहुन्छ, ‘मेरो प्रस्ताव स्वीकार नगर्नेले राम्रो कलाकार बन्न सक्दैन ।’ नेपालको राम्रो मानिने मानिसलेसमेत मलाई यस्तो प्रस्ताव राख्नुभएको थियो, ‘हेर नानी यस्तो नगरी हुँदैन । फलानो–फलानो मान्छेहरू फलानो–फलानोका हुन् । फलानोका कारण फलानो यस्ती भई’ सम्मका कुरा मलाई पनि गरेकै हुन् । यस्तो सल्लाह मलाई बारम्बार आउने गरेको छ । अहिले पनि फलानीले फलानोलाई ए डार्लिङ भनेर बोलाउँछन्, तिम्रो यो नाङ्गो फोटोले मात्रै केही हुनेवाला छैन भनेर त उहाँहरूले मलाई भन्ने गर्नुहुन्छ । अनि तपाइँले के प्रतिक्रिया दिनुभयो वा के विचार गर्नुभएको छ त ? मैले त त्यस्तो मान्छे कहाँ पाइन्छ दाई खोजिदिनुपर्यो भनेर हाँसेर जवाफ दिएँ । आफूसँग क्षमता भएको मान्छेले त्यस्तो गर्नु पर्दैन भनेर सोचीरहेकी छु । म सँग क्षमता छ, त्यही देखाएर मिहिनेत गर्छु भन्ने सोच बनाएकी छु । त्यस्तो सल्लाह दिनेलाई तपाइँको के चुनौती छ ? चुुनौती भन्दा पनि उहाँहरूले मसँग जे कुरा गर्नुभयो बजारको सत्य कुरा गर्नुभएको जस्तो लाग्छ । तर उहाँहरूले कसैलाई जबरजस्ती गर्नुहुन्नजस्तो लाग्छ । त्यसमा पनि उहाँहरूलाई अपनाउने वा नअपनाउने कुरा त मेरो हो नि । म आफ्नो क्षमता प्रदर्शन गर्छु कसैले त मूल्याङ्कन राम्रो गर्लान् नि त । भनेको कथाले मागेअनुसारको अंग देखाउन सक्ने क्षमता तपाइँसँग छ, त्यसैले त्यो सल्लाह नमान्नुभएको हो ? त्यो त मैले मात्र गर्ने होईन नि सबैले गर्ने नै कुरा हो, त्यसमा मेरो क्षमता पनि हुन्छ नि । यदि साथ दिने अंग भयो भने पो प्रदर्शनको पनि अर्थ हुन्छ साथ नै दिएन भने त काम लाग्दैन नि । मेरो अंगले साथ दिएको खण्डमा म हिट हुन सक्छु नभए हुन सक्दिन । त्यसकारण अंग प्रदर्शनमात्रै ठूलो कुरा होइन । अंग पनि प्रदर्शन गर्न लायकको हुनुपर्यो नि । तपाइँको आँखा पर्दशन यदि गर्दै हुनुहुन्छ भने त्यो पनि त देखाउन लायक पा अरुले मन पराउने खालको हुनुपर्छ । यहाँनेर मेरो कुनै पनि अंगले मलाई सपोर्ट गर्छ भने किन प्रदर्शन नगर्ने । आँखा त उदाहरणमात्रै हो अरु कुरा तपाइँ आफै बुझ्नुहोस् । मेरो अंगहरू राम्रो थिएन भने चर्चामा आउने थिएन होला नि । अझै मसँग देखाउनलायक अंगहरू छन् त्यो म देखाउँदैछु । जुन अंगले एकपटक बजार हल्लाउनेछ । अहिलेसम्म प्रदर्शन गरेको मेरा दुई अंगले मलाई साथ दिएको छ । मलाई साथ दिने अर्को अंग पनि मसँग छ, जुन अंग प्रदर्शन मबाहेक अरुले साहेद सक्दैनन् होला । त्यसो भए त गोप्य अंग नै देखाउने तयारी हो तपाइँको ? हा…हा…हा…त्यो अहिले नै नभनौँ, जे आउँछ, आएपछि हेर्नुहोला । कलाकारिता पेशा हो कि प्रतिष्ठा ? मेरो लागि प्रतिष्ठा नै हो । पेशा बनाउन लागिरहेकी छु । गीत–सङ्गीत, सिनेमा वा सिररियलमध्ये के बढी मन पर्छ ? गीत धेरै मन पर्छ, तर अली बढी चलचित्र नै हर्ने गरेकी छु । लोकगीत त्यति मन पर्दैन र पनि सुन्छु, जसले मेरो मन छोएको हुन्छ । डान्सिङ लोकगीतहरू पाए मोडलिङ गर्न पनि तयार छु । सबैभन्दा पहिला कुन नेपाली चलचित्र हेर्नुभयो जीवनमा ? ‘पक्षी’ चलचित्र हेरेकी थिएँ । त्यतिबेला मैले प्रवेशिक परीक्षा दिएकी थिएँ । मोडलिङ वा समग्र कलाकारिता क्षेत्रमा प्रवेश चाहिँ तपाइँलाई के ले गरायो ? त्यही ‘पक्षी’ चलचित्र र त्यसमा नायिका बन्नुभएकी करिष्मा मानन्धरको अभिनयले मलाई यो क्षेत्रमा आउन प्रेरित गरेको हो । धादिङमा जन्मिएकी तिर्सनाको बाल्यकाल कहाँ कसरी वित्यो ? उतै घाँसको भारी बोकेर, ढिढो खाएर नै वित्यो बाल्यकाल । धादिङमा ढिढो खाएर घाँस बोकीरहेकी तिर्सना कहिले काठमाडौं आउनुभयो त ? २००८ मा म काठमाडौं आएकी हुँ । काठमाठौं आउँदा के उद्देश्य लिएर आउनुभएको थियो ? पढ्नकै लागि आएकी थिएँ । जिरीमा गएर दुई वर्ष नर्सिङ पढेँ । मेरो बाबा पनि उतै (चरिकोट) मा नै हुनुहुन्थ्यो त्यतिबेला । तर बीचमा पारिवारिक कारणले मैले पढाईलाई निरन्तरता दिन सकिनँ । के समस्या पर्यो र त्यस्तो, जसले पढाईनै छुटाईदियो, भन्न मिल्छ ? मेरो बाबाको दुईओटा परिवार हुनुहुन्छ । म मेरो बाबाकी हेँलामा परेकी जेठी श्रीमतीकी दुःख पाएकी छोरी हुँ । तर म अहिले मेरो बाबा आफ्नी आमा र सानीआमा सबैलाई समान रेस्पेक्ट गर्छु । बाबाले अर्की आमा ल्याउनुभएपछि मेरो पढाई त्यत्तिकै विग्रियो । बाँकी कुरा तपाइँ आफै बुझ्नुस् । एउटा कलाकारमा हुनुपर्ने आधारभुत गुण के हुन् ? म सँग त सबै थोक छ, हाईटमात्रै कम छ हा…हा…हा… । पहिलो कुरा कलाकार पारिवारिक हुनुपर्दछ । स्माईलिङ फेस पनि चाहिन्छ । मार्केटिङ फेस वा मार्केटका बाटोहरू पहिचान गर्न सकेको हुनुपर्छ । बोलीमा नरमपन चाहिन्छजस्तो मलाई लाग्छ । हिँड्दा साथमा नछुट्ने चिजबिज के हुन् ? एउटा ब्याग बोक्छु, त्यसमा मलाई चाहिने सामानहरू सँधै रहिरहन्छ । त्यसमा दुईचार हजार रुपैयाँ पैसा राखीरहन्छु र मोबाईल पनि मेरो साथमा नै हुन्छ । कुन नेपाली हिरो/हिरोइन मन पर्छ ? फिजिकल भन्दा कलाकारितालाई आधार मानेर दिलिप रायमाझी निकै मन पर्ने मानिस हुन् । हिरोइनहरूमा सबै राम्रा एक से एक छन् तर करिष्मा दिदी मलाई धेरै मन पर्छ । नेपाली टेलिसिरियल हेर्नुभएको छ ? धेरै त छैन । तर अलीअली हेरेकी छु । अन्त्यमा केही भन्नु छ ? तिर्सना बुढाथोकीलाई कुनै पनि डाईरेक्टर वा चलचित्रका निर्माताहरूले साईड रोलमा खेल्ने कलाकारको रुपमा नलिईदिएको भए हुन्थ्यो । मिडियाहरूले पनि मेरो आलोचनालाई कम महत्य दिएको भए हुन्थ्यो जस्तो लाग्छ । किन भने निकै संघर्ष गरेर नै म यो क्षेत्रमा आएकी छु, अझै संघर्ष गरिरहेकी छु । त्यसो हुँदा मेरो नकरात्मक कुराले कतै मलाई फ्रस्टेशन गराउँछ कि भन्ने चिन्ता हुन्छ । यसो भन्दा ठूली बन्न खोजेको भन्ने आरोप फेरी नलगाउनुहोला भन्न चाहान्छु । नाङ्गो फोटो खिचाउने यो नर्मल कलाकार हो भनेर नभनिदिनुहोला, किन भने त्यो पनि मेरो कला हो, मेरो अंगमा कलात्मकता वा छुट्टै सौन्दर्य छ । अन्तमा मेरा सबै दर्शक, सहकर्मी कलाकारहरू र सम्पूर्ण नेपालीमा वडा दसैंको शुभकामना भन्न चाहान्छु ।
Post a Comment