टाउको दुःख्ने
एक कप दूधमा पिसेको अलाईची मिसाएर पिउादा टाउको दुख्ने समस्याबाट आराम मिल्छ ।राती बदामको गेडा भिजाएर राख्ने, बिहान यसलाई पिसेर घ्यूमा फिटेर मनतातो पानीमा राखेर पिउने । यसले पुरानो टाउको दुःख्ने समस्याबाट मुक्ति पाउन सहयोग गर्छ ।
यदि गर्मीका कारण टाउको दुःख्ने समस्या छ भने लौकाको गुदी निकालेर पेष्ट बनाउने र टाउकोमा लेप लगाउनाले आराम मिल्छ । दालचिनीलाई पिसेर टाउकोमा लेप लगाउनाले टाउको दुःख्ने समस्या कम हुन्छ । अमला, बेसार र निमको काडा बनाएर पिउदा पनि पुरानो टाउको दुःख्ने समस्या हराउदै जान्छ ।
माईग्रेन
राति सुत्नअघि नाकमा गाईको घीउ एक दुई थोपा हाल्नाले माइग्रेनको समस्यामा आराम मिल्छ । सस्यर्ंूको तेल एउटा भाडोमा राखेर राति सुत्न अघि नाकमा गाईको घीउ एक दुई थोपा राख्नाले पनि आराम मिल्छ । यसैगरी, सस्यर्ंूको तेल एउटा भाडोमा राखेर सुघ्नाले पनि फाइदा गर्छ । अनुलोम-बिलोम बिस्तारै गर्ने र कानलाई बिस्तारै तान्ने गर्नाले पनि फाइदा गर्छ । हात वा खुट्टाका औंला बिस्तारै दबाउनाले पनि माईग्रेनबाट तुरुन्तै आराम मिल्छ ।
रुघाखोकी
चिनीलाई मरिचसाग मिलाएर पानीमा उमाल्ने र चियाजस्तै तात्तातै पिउनाले रुघाखोकीमा फाइदा मिल्छ । एक मिलिलिटर तुलसीको रस, एक ग्राम मरिचको चूर्ण र एक मिलिलिटर लसुनको रस तिनै चिजलाई मिसाएर बिहान बेलुका पिउने, दुई महिनासम्म पिउादा रुघाखोकीबाट छुट्कारा मिल्छ । अदुवाको रस बिहान बेलुका पानीमा मिलाएर पिउादा रुघाखोकी ठिक हुन्छ । बेसार र दूधलाई पकाउने र चिनी मिलाएर पिउनाले पनि फाइदा गर्छ ।
पेट दुःख्ने
एक ग्राम सिधे नून र दुई ग्राम ज्वानोको चूर्ण खानाले पेट दुःख्ने समस्याबाट तुरुन्त आराम मिल्छ । मुलाको रसमा कागतिको रस मिलाएर पिउनाले खानापछि पेटमा हुने दुःखाई र ग्यासबाट राहत मिल्छ । दुई तीन ग्राम जामुनको र आापको चूर्ण पानीमा हालेर दिनको ३ पटक पिउनाले फाइदा गर्छ । मेथीको चूर्ण दहीमा मिलाएर खानाले पेटलाई राम्रो गर्छ । मेथीको साग खानाले पनि पेटको समस्याबाट राहत पाउन सकिन्छ ।
कब्जियत
एक गिलास पानीमा कागतिको रस वा एक ग्राम सिधे नुन मिसाएर खाली पेटमा केहि दिनसम्म पिउनाले पुरानो भन्दा पुरानो कब्जियत ठिक हुन्छ । हर्राको चूर्ण राति २५० मिलिलिटर मनतातोपानीमा हालेर पिउनाले पेट सफा हुन्छ । कब्जियतको लागि उपलब्ध विभिन्न हर्बल चूर्णहरु राति सुत्न पहिले मनतातो पानीमा राखेर पिउदा कब्जियतबाट छुट्कारा पाउन सकिन्छ ।
दांतको दुःखाई
बेसारको टुक्रा दांतमा च्याप्दा दुःखाई ठिक हुन्छ । ७० ग्राम लौकाको गुदी र १५ ग्राम लसुन दुबैलाई पिसेर एक लिटर पानीमा पकाउने । जब आधा शेष पानी रहन्छ । त्यसलाई थोरै चिसो बनाएर कुल्ला गर्ने । दांतमा किरा लागेर दुःखेमा तुलसीको रसमा कपुर मिलाएर दुःखेको ठाउमा राख्दा दांतको दुःखाई कम हुन्छ । हिङ पिसेर लसुनमा नुन छरेर चवाउादा दांतको दुःखाईबाट राहत पाउन सकिन्छ । भिडियो तल छ
Post a Comment