शोधकर्ताहरुले ‘कुकुर-आसन’ अर्थात् कुकुरले सम्भोग गर्ने स्टाइल नै ढाड दुख्ने पुरुषहरुका लागि सबैभन्दा उत्तम सम्भोग आसन भएको तथ्य पत्ता लगाएका छन् ।क्यानडाको वाटरलू विश्वविद्यालयका शोधकर्ताहरुले सम्भोगका बेला मेरुदण्ड तथा सुसुम्नाको चाललाई विश्लेषण गरी यस्तो निष्कर्ष निकालेका हुन् ।त्यसक्रममा उनीहरुले विभिन्न १० यौनजोडीका ५ वटा सामान्य यौनआसनका बेला हुने मेरुदण्ड तथा सुसुम्नाको चालका विषयमा प्राप्त इन्प|mारेड तथा विद्युत चुम्बकीय चाललाई रेकर्ड गरेका थिए ।त्यसपछि उनीहरुले यौन आसन र त्यसले मेरुदण्डमा पार्ने प्रभाव तथा बढाउने पीडाका विषयमा विश्लेषण गरी गाइडलाइन तयार पारे ।
स्पाइन जर्नलमा छापिएको शोधका अनुसार लामो समयसम्म बस्दा तथा बुढीऔँला छुँदा ढाड दुख्ने मानिसहरुका लागि चम्चा आसनको सम्भोग भन्दा कुकुर आसन उपयुक्त हुन्छ ।प्रमुख शोधकर्ता नताली सिडोरकेविजका अनुसार अहिलेसम्म फिजिसियनहरुले चम्चा आसन अपनाउन सल्लाह दिने गरेको भएपनि त्यो गलत रहेको र आफुहरुको अध्ययनले कुकुर आसन नै उपयुक्त हुने ठहर गरेको बताएकी छिन् ।
Post a Comment