सञ्चार मन्त्रायलको निर्देशनलाई कार्यान्वयन गर्दै चलचित्र बिकास बोर्डले भोली बुधवारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हिम्मतवाली' रिलिज नगर्न काठमाण्डौका हलहरूलाई पत्राचार गरेको छ ।
काठमाण्डौ उपत्यकामा शुक्रबार मात्र फिल्म रिलिज गर्ने प्राबधान रहेकाले भोली बुधवार रिलिज हुन लागेको 'हिम्मतवाली'को रिलिज रोक्न बिकास बोर्डले चलचित्र संघसहित उपत्यकाका सबै हललाई पत्र काटेको हो ।
नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघबिच २०६० साल श्रावण २३ गते सम्झौता पत्रको बुँदा नम्बर ९ मा 'काठमाण्डौ उपत्यकामा नयाँँ स्वदेशी फिल्मको प्रदर्शन गर्दा अनिवार्य रूपमा शुक्रबार मात्र गर्नुपर्ने' लेखिएको छ । सोही सम्झौता पत्र अनुसार सञ्चार मन्त्रालयले चलचित्र बिकास बोर्डलाई सम्झौता कार्यान्वयन गर्न आदेश दिएपछि बोर्डले यस्तो कदम चालेको हो ।
Post a Comment