नयाँ दिल्ली– सुनिल शेट्टी, जय भानुशाली र आशुतोष राणा अभिनित चलचित्र ‘देसी कट्टे’ को म्यूजिक लञ्च कार्यक्रममा यस्तो घटना भयो जसका कारण त्यहाँ उपस्थित सबैजना लाजले भुतुक्कै भए ।
दिल्लीमा आयोजित यो फिल्मको मयूजिक लञ्चमा फिल्मको गीतको बिचमा नै स्क्रिनमा पोर्न फिल्मको क्लिप देखापर्यो । यद्यपी यो फिल्मको क्लिप केहि सेकेन्डका लागि मात्र भएपनि त्यहाँ उपस्थित मानिसहरुलाई निकै अप्ठेरो महसुस भएको बताइएको छ । खबरका अनुसार यो ब्लु क्लिपलाई तुरुन्त रोकिएको थियो तर फिल्मका स्टार र दर्शकहरु यसका कारण निकै लज्जित हुनुपरेको थियो । कार्यक्रममा सुनिल सेट्टी, जय भानुशाली, आशुतोष राणा, टिया बाजपेई, साशा आगा र अखिल कपुरुसमेत देसी कट्टेका निर्माता–निर्देशक आनन्द कुमार उपस्थित थिए । फिल्मका संगीतकार कैलाश खेरपनि उनीहरुसँगै कार्यक्रममा उपस्थित थिए । निर्देशक आनन्द कुमारले भने, ‘भिडियो केहि सेकेन्डको भएपनि यसका कारण हामी निकै लज्जित भएका थियौँ किनभने कार्यक्रममा हाम्रो परिवारहरु उपस्थित थिए । हामीले यो कार्यक्रमका लागि एक स्थानीय व्यक्तिलाई बोलाएका थियौँ उनले आफ्नो कम्प्युटरमा भएको क्लिप चलाइदिए । ती व्यक्तिले आफ्नो गल्तीको लागि माफी मागिसकेका छन् ।’ (एजेन्सी)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Post a Comment