काठमाडौं,भदौ१८–धनीहरु राडो,रोलेक्सलगायतका घडीहरु सबैभन्दा सबैभन्दा महँगो भनेर सान देखाउँछन् । लगाएर हिँडछ्न र मौका पर्दासाथ फुर्ती दखाउन पछि पर्दैनन् । तर,त्यो भन्दा सयौं गुण महँगो पर्ने घडी स्वीटजरल्यान्डमा बन्दोरहेछ र उक्त कम्पनीका साहुका सन्तानले नेपालमा घरजम गरेका रहेछन् । अनि तिनै ससुराली खलकबाट आएको आम्दानीको कारण एक जना नेपाली ज्वाइँचाहिँ बिलखबन्दमा परेको खबर धेरैलाई थाहा नहुन सक्छ । ३३–३४ वर्ष उमेरका युवा हुन् बिक्रान्त श्रेष्ठ,नक्साल गहनापोखरीका स्थानीय बासिन्दा ।लागुपदार्थका पुर्वदुव्र्यसनी अर्पण कोइराला पुनःस्थापन केन्द्रमा फेला परेपछि खुश्वु ओली उनीसँग नजिकिएझैं नेपाल घुम्न आएकी स्वीस सुन्दरीले विक्रान्तलाई मन पराएकी रहिछन् । त्यहीबाट सुरु भएको प्रेमकथा विवाहसम्म पुग्यो । छोराछोरी जन्मिए । संगीतका सौखिन विक्रान्तले घरमा बाजागाजको पसल पनि खोलेका छन् । धेरैजसो बैंकक बस्ने उनी बेलाबखत काठमाडौंमा कन्सर्ट आयोजना गरिरहन्छन् ।
उनको ससुराली खलकले महँगो घडी उत्पादन गर्ने कम्पनी हो पातेक फिलिप । हातैले पाटपुर्जा बनाउने यो कम्पनीले सन् २०१२ मा जम्मा ५० हजार थान घडी निर्माण गरेको थियो । उसले बनाएको एउटा घडीको मुल्य ३९ लाख ९२ हजार ८ सय ५८ डलरसम्म पर्न आउँछ । यो कम्पनी सन् १९३९ मा सुरु भएको हो । यसका मालिक हुन् फिलिप स्टर्न । यिनैले आफ्नी छोरीका निम्ति बेलाबखत बैंक खातामा पैसा पठाउने गर्दा रहेछन् । अस्वभाविक ढंगले बिक्रान्तको खातामा १ अर्बसम्म विदेशी मुद्रा आएको देखिएपछि राष्ट्र बैंकले सिआइबी .प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो) लाई छानविनको जिम्मा लगायो । बिक्रान्तसँग स्वभाविक रुपमा सोधपुछ सुरु हुने नै भयो । वास्तविकता थाहा पाएपछि सिविआई अहिले पछि हटेको छ । बिक्रान्त चाहिँ आनन्दपूर्वक बैंककतिर घुम्दै छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस : भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment