आफ्नै घरमा सुतिरहेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती गाविस औरही–८ का ४० वर्षीय डोमी सदायको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको छ ।
लहान, १९ भाद्र । बुधबार राति घरमै सुतेका सदाय बिहान अबेरसम्म नउठेपछि सुतेको ठाउँमा हेर्दा मृत अवस्थामा भेटिएको परिवारलाई उद्धृत गर्दै प्रहरी चौकी औरहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीका अनुसार टाउको छड प्रहारबाट फुटेको र घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।
मध्यरातसम्म श्रीमतीसँगै रहेका सदायको आज बिहानीपख हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सदाय दम्पती राति १२ बजेसम्म सँगै थिए। त्यसपछि श्रीमती छोराछोरी भएको ठाउँमा सुत्न गएपछि सदायको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।
ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका सदायकी श्रीमतीसहित दुई छोरा र दुई छोरी रहेका छन्। सदायको हत्या किन र कसले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ।

Post a Comment