news and more entertainment

गाई काट्ने र धर्म परिवर्तन गराउँदै हिड्नेलाई तह लगाउन नयाँ संगठन जन्मियो

काठमाडौं,भदौ २६ – हिन्दुधर्मलाई आदर्श मानेर केही राजनीतिक दल र  ६० भन्दाबढी हिन्दुवादी संगठनहरु अस्तित्वमा रहेकै बेला एक संठन हिन्दुत्वको रक्षा हुन नसकेको भन्दै अस्तित्वमा आएको छ ।
हिन्दुधर्मको बर्खिलापका क्रियाकलापका साथै धर्म परिवर्तनका क्रियाकलापले पछिल्ला दिनमा प्रश्रय पाइरहेकाले त्यसको रखबारी गर्न नयाँ संगठन निर्माण गरिएको उक्त संगठनले जनाएको छ । नयाँ जन्मिएको हिन्दुवादी संगठनको नाम ‘तराई मधेश हिन्दु युवा संघ-नेपाल’ राखिएको छ । देशभर हिन्दुविरोधी गतिविधि बढ्दै गएकाले यस्ता गतिविधिका विरुद्द लड्ने अभियानको नेतृत्व गर्न संगठन निर्माण गरिएको सो संगठनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । देशभर गाई काट्ने र धर्मपरिवर्तन गराउने क्रम बढेकाले नयाँ संगठन निर्माण गरेर यसलाई रोक्न अभियान चलाइएको अभियानका अध्यक्ष विकास कुमार ठाकुरले जानकारी दिए । उनका अनुसार नवगठित ३१ सदस्यीय कार्यसमितिले देशभर हिन्दुत्व विरोधी गतिविधिका साथै धर्म परिवर्तनका नाममा भइरहेको गतिविधि रोक्न अभियान चलाउने छ । ठाकुरले मधेसलगायत देशभर गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गराउने र गाई काट्ने जस्ता जघन्य अपराध भइरहेकाले सुरुमा त्यसलाई रोक्न अभियान चलाईने र त्यसो गर्दा पनि अटेरी गरेमा भौतिक आक्रमण सम्मका कारबाही संगठनले गर्नेछ । ‘देशभर हिन्दुत्व विरोधी र धर्मपरिवर्तनका गतिविधि भइरहेका छन्,’ ठाकुरले भने,‘त्यसलाई रोक्न हाम्रो संगठनले सशक्त भूमिका खेल्छ । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget