news and more entertainment

मध्यरातमा किन पुगे कटवाल सोल्टी होटल ?

काठमाडौं,भदौ २०–संविधानसभाको विघटन हुनुपुर्व, जतिवेला प्रधानमन्त्री माधबकुमार नेपाल थिए,१२ जेठ २०६७ मा सोल्टी होटलमा भयानक रहस्यपुर्ण जमघट थियो । जमघटमा नेपालका हाइप्रोफाइल दरबारियाहरु र विदेश खुफिया एजेन्सीका मानसिहरु सहभागि थिए । त्यो जमघट कुनै पार्टीको थिएन । बरु त्यहाँ दुई दिनपछि चाल्ने राजनीतिक कदममाथि केन्दीत थियो, किनभने त्यसको दुई दिनपछि संविधानसभा विघटन हुँदै थियो ।
सोल्टी होटलको त्यो रहस्यपुर्ण भेटघाटको इनसाइड स्टोरी अहिले पनि गुपचुप छ । तर राजदरबार निकट मानिने एक उच्च सुत्रले दिएको जानकारी अनुसार राजनीतिक ‘कु’ गर्ने त्यो भेला थियो र यसको आयोजना गरेका थिए हालै आत्मप्रशंसा मात्र राखेर किताब लेखेका रुकमाङ्गत कटवालले । भेटघाट राति ११ बजे डाकिएको थियो किनभने त्यसको गोपनियता बचाउने कटवालको प्लान थियो ।
पुर्वनिर्धारित योजनाअन्गर्तत उक्त बैठकमा भाग लिन पारस शाह,राजाका भान्जा राजेश सिंह,पुर्वप्रधानमन्त्री मरिचमान सिंह,भारतीय र चिनियाँ खुफिया एजेन्सीका व्यक्तिहरु ११ बजे पुर्वनै सोल्टी होटलमा पुगेका थिए । ११ बजे बैठकमा सहभागि हुन बोलाइएका सबै पुगे तर कटबाल आफैँ भने पुगेनन् । घडीमा सवा ११ बज्यो,त्यतिबेला पनि कटवाल अझै पुगेनन् । त्यसपछि अन्य सहभागिले सामान्य छलफल गरे । बैठक आयोजना गरेको व्यक्ति नै नआएपछि एकपछि अर्का सहभागिले कटवाललाई फोन गरे,साढे ११ बजेतिर । त्यत्तिकैमा कटवालले आफु नजिकै आएको जानकारी गराए । सहभागिहरुले होटलको लबिमा उनलाई कुरेर बसेका थिए । अचानक कालो कोट,त्यसमाथि कालो ओभरकोट,कालो ह्याट,कालो चस्मा,कालो मखलर र कालो जुत्ता लगाएका व्यक्ति भित्र पसे । त्यो व्यक्ति को हो भनेर बैठकमा सहभागि हुन गएकाहरु अलमल्ल परे । धेरैले सोचे कुनै विदेशी जासुस हो । जेठको गर्मीको महिना ओभरकोट देखेपछि सहभागिहरु पनि दंग परेका थिए । जुत्ता बजाउँदै त्यो व्यक्तिले यताउता हेर्यो । कसैले चिनेनन् । त्यसपछि कटवालले विस्तारै सबैसँग ‘कु’ गर्नेबारे छलफल गरे,आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget