सिरहाको मिर्चैया नगरपालिका–४ मा आज अपरान्ह उदयपुरका एक व्यापारीको लाखाँै रूपैयाँ लुटिएको छ । उदयपुरको कटारीबाट लहानका थोक व्यापारीलाई बुझाउन झोलामा रकम बोकेर ल्याउँदै गरेको अवस्थामा कटारी नगरपालिका–८ का ४० वर्षीय धनवीर दासको साथमा रहेको रु. आठ लाख छ हजार लुटिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक खतिवडाका अनुसार दासको साथमा रहेको छ लाख ५० हजार नेरु. र ९८ हजार भारु.रकम मिर्चैया कटारी सडक खण्ड अन्तर्गत मिर्चैया नगरपालिका–४ स्थित चुरे जङ्गलमा लुटिएको हो ।
कटारीमा किराना सामानको थोक व्यापार गर्दै आएका दास दिउँसो कटारीस्थित बैंकबाट रकम झिकेर लहानमा आफूले किराना सामान ल्याउने थोक व्यापारीलाई रकम बुझाउन आउँदै गर्दा मिर्चैया बजारबाट करिब पाँच किलोमिटर उत्तर चुरे जङ्गलमा लुटिएका हुन् ।
लुटेराहरूले स. ५ प १४५ नं. को मोटरसाइकलमा चढेर आउँदै गरेका व्यापारी दासलाई जङ्गल क्षेत्रमा रोकेर रकम रहेको झोला र डेल कम्पनीको ल्यापटपसमेत लुटेर लगेका छन् । लुटेराहरूको खोजी भइरहेको प्रहरी निरीक्षक खतिवडाले उल्लेख गर्नुभयो । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment