news and more entertainment

स्मार्टफोनबाट न्यूड फोटो लिनुहुन्छ भने सावधान…

काठमाडौं, यदि तपाइँहरू मध्ये कोही आफ्नो स्मार्ट फोनबाट न्यूड फोटो खिच्नुहुन्छ भने सावधान हुनुस किनभने यी फोटोहरू डिलीट हुँदैनन । एन्ड्रोइडमा सुरक्षामाथि रिसर्च गर्ने विशेषज्ञहरूले दिएको चेतावनी अनुसार फोनबाट न्यूड फोटो नखिच्नुस, किनभने यसलाइ डिलीट गरेपछि पनि यी डिलीट हुँदैनन । विशेषज्ञहरूका अनुसार फ्याक्ट्री रीसेट गर्ने फङ्क्शनले डेटालाइ पुर्ण रूपमा डिलीट गर्न सक्दैन । यी विशेषज्ञहरूले सेकेण्ड ह्याण्ड फोन्सबाट डिलीट गरेका हजारौंको संख्यामा न्यूड फोटोहरू रिस्टोर गरेका छन । ईबेबाट खरिद गरिएका २० पुराना फोन्सबाट यी डेटाहरू पुनः प्राप्त गरिएको थियो । यसका लागी आधुनिक टेक्नोलोजीको प्रयोग गरिएको थियो । यसमा ४० हजार भन्दा धेरै फोटोहरू भेटिएका थिए । जसमा कम्तीमा २५० फोटोहरू फोनको पुरानो मालिकका प्राइभेट पार्ट्सका रहेका थिए । जस मध्ये चार फोन्सका पुराना मालिकहरूको पहचान समेत भएको थियो । सफ्टवेयर सुरक्षाका लागी काम गर्ने कम्पनी अभास्टका अनुसार ह्याण्डसेट्समा डेटालाइ पूर्ण रूपमा डिलीट गर्नका लागी जुन फ्याक्ट्री रीसेट अप्शनको प्रयोग हुन्छ, त्यसमा डेटाको लोकेशन बताउने डायरेक्टरी त डिलीट हुन्छ तर डेटा डिलीट हुँदैन । हुन त एन्ड्रोइडको मालिक कम्पनी गूगलले आफ्नो अपरेटिङ सिस्टमको बचाउ गरेका छन । गूगलका अनुसार स्टडीमा पुराना एन्ड्रोइड भर्जन प्रयोग भएको हुन सक्ने जनाएको छ । अब भने ८५ प्रतिशत मानिसहरूले नयाँ भर्जन प्रयोग गरिसकेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget