news and more entertainment

मृत्यु भएको १० दिन पछि गुण्डा नाइके चरीको पोस्टमार्टम गरियो


2

साउन ३१, काठमाडौं । गत साउन २१ गते प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका गुन्‍डा नाइके दिनेश अधिकारी चरीको पोस्ट्मार्टम गरिएको छ ।

आज महाराजगञ्‍ज स्थित त्रिवि शिक्षण अस्पतलमा उनको पोस्ट्मार्टम गरिएको हो । चरीको शव परिवारले बुझ्न नमानेपछि शिक्षण अस्पतालमा राखिएको थियो। परिवारसँगको परामर्श र सहमतिमा शनिबार पोस्टमार्टम गरिएको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

गैरन्यायिक हत्या भएको भन्दै किटानी जाहेरी दर्ता गर्न आदेश मागसहित मृतकका दाजु ध्रुव अधिकारीले शुक्रबार सर्वोच्‍चमा रिट निवेदन दिएपछि उनैले आफ्नो भाइको पोष्टमार्टमको लागि स्वीकृति दिएका हुन् । उनले पोष्ट मार्टम गर्न स्वीकृति दिएपनि लास भने नबुझ्ने बताएका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget