news and more entertainment

लामिछानेका यौनकथाहरुको सङ्ग्रह सार्वजनिक

कथाकार शिव लामिछानेको दोस्रो कथासंग्रह ट्यून्स अफ एक्सटेन्स अमेरिकाबाट प्रकाशित भएको छ । नेपाल¸भारत र अमेरिकाका सामाजिक¸आर्थिक र सांस्कृतिक पृष्ठभूमिमा लेखिएका विभिन्न आठ कथाहरु समावेश संग्रह १ सय ८४ पृष्ठको छ ।
Bookअधिकांश कथामा विकासोन्मुख र विकसित दुवै खाले समाजमा नारीमाथि हुने आर्थिक¸सामाजिक तथा पारिवारिक शोषण, आर्थिक विभेद तथा यौनशोषण¸नेपालमा एक दशकसम्म चलेको सशस्त्र संघर्षका असर, नेपाल र भारतका केही समाजमा चलेको दाइजो प्रथाजस्ता सन्दर्भलाई प्रमुख विषय बनाइएको ।
पात्रहरुको सूक्ष्मरुपमा विश्लेषण गरिएका यी कथाहरुमा समाजमा झाँगिएको यौनिक विसङ्गतिलाई उजागर गरिएको छ । समाजमा नारीले खेप्नुपरेका पीडा र उनीहरुले अस्तित्वरक्षाका लागि गरेका युगीन सङ्घर्षलाई सङ्ग्रहको शीर्षकले सार्थकता दिएको छ ।
लामिछानेको सो कथासङ्ग्रहको प्रकाशन ख्यातिप्राप्त अन्तर्राष्ट्रिय अनलाइन व्यापारिक कम्पनी एमजानले गर्नुका साथै विभिन्न अनलाइनबाट अन्तर्राष्ट्रिय बजारमा गएको अप्रिलदेखि वितरण भइरहको छ ।
नेपाली सहित्यमा सन् १९९८ मा अस्तित्वको खोजी नामक कवितासङ्ग्रहका साथ प्रवेश गरेका शिशिर शर्माका नामले कविता¸कथा र गीत लेख्दै आएका लामिछानेका नेपाली भाषामा मास्टरको कोट र मेरी छोरीको देश समेत तीन कवितासङ्ग्रह¸एक कथासङ्ग्रह र एक बालउपन्याससमेत छवटा कृति प्रकाशन भइसकेका छन् ।
उनको अङ्ग्रेजी भाषामा पहिलो कृतिका रुपमा गोल्डन बल इन अ पिगी बैँक नामक बालकथा सङ्ग्रह सन् २०१२ मा बाल्टिमोरमा कार्यालय रहेको पब्लिस अमेरिकाले प्रकाशन गरी अन्तर्राष्ट्रिय बजारमा बितरण गरिरहेको छ । कथाकार लामिछानेको आठौँ कृतिका रुपमा प्रकाशित यो पुस्तक इबुकका रुपमा किन्डलमा पनि उपलब्ध छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget